टेक्सस– ड्यालस फोटवर्थ श्रीकृष्ण प्रनामी हिन्दु समाजले एक कार्यक्रमका बीच नेपाली समाज टेक्ससका अध्यक्ष सहित एक जना सदस्यलाई सम्मान गरेको छ ।
प्रनामी समाजद्धारा आयोजीत एक कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्मा र सदस्य दिनेश न्यौपानेलाई सम्मान गरेको हो । हालै नेपाली समाज टेक्ससको कार्य समितिमा नव निर्वाचित भएको उपलक्षयमा उनिहरुलाई सम्मान गरिएको थियो ।
भ्रदावत पुरी धामका गादीपति १०८ श्री टहलकिशोर महाराज, बोड अफ ट्रस्टीका अध्यक्ष चन्द्र प्रसाई तथा वरिष्ठ उपाध्यक्ष नरनाथ सुवेदीले सम्मान गरे ।
सो अवसरमा ड्यालस फोटवर्थ क्षेत्रका नेपाली तथा भारतीय भक्तजनहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...