टेक्सस– आतकवादी संगठन इस्लामिक स्टेट (आइएस) का प्रमुख बग्दादी मारिएपछि अल–सल्बीलाई बनाइएको छ ।
उनको पुरा नाम आमिर मोहम्मद अब्दुल रहमान अल मवली अल–सल्बी हो । आइएसले औपचारिक रुपमा नाम सावर्जनिक नगरेपनि द गार्जियन पत्रिकाले खुफिया एजेन्सीको हवाला दिदै यो नाम दिदै इस्लामिक स्टेटको प्रमुखमा उनको नाम पहिचान गरिएको भन्दै लेखेको छ ।
द गार्जियनको रिपोर्ट अनुसार अल सल्बी आइएसको संस्थापक मध्येका एक हुन । रिपोर्ट अनुसार उनकै नेतृत्वमा इराक लगायत विभिन्न ठाउ“मा आतंककारी हमला भएको छ र कयौको ज्यान गएको छ । तुर्कमेन परिवारको सल्बीले मोसुल विश्वविद्यालयबाट कानुनमा डिग्री समेत गरेका छन् ।
रिपोर्टमा जनाइए अनुसार उनले २००४ मा अमेरिकी बल क्याम्पको कारागारमा बन्द गरिएको समयमा उनको भेट बग्दादी संग भएको थियो । अघिल्लो वर्षको अक्टोबरमा अमेरिकी निशानामा बग्दादी मारिएका थिए । बग्दादी मारिएपछि आइएसले नया प्रमुखको नाम प्रस्ताव गर्ने क्रममा अल–सल्बीलाई गरेको थियो ।
अहिले आइसएसले कुनै खतरा नहोस भनेर उनको नाम सार्वजनिक गरेको छैन र फेक नाम बनाएको छ । बग्दादीको हत्यापछि आइएसले अर्को खतरा मोल्न चाहेको छैन । यही कारण पनि आइएसले आफनो नया प्रमुखको बारेमा कही कतै उल्लेख गरेको छैन । बग्दादी मारिएको केही घन्टामा नै उनलाई प्रमुख चुनिएको बताइन्छ । त्यसो त अमेरिकाले यस अघि नै बग्दादी पछि को नया आतंकवादी संगठनको प्रमुखको पहिचान भएको र आफनो निशानामा रहेको बताइसकेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected