अस्टिनमा अमेरिकाकाे जनगणना संम्बन्धी कार्यक्रम
हरेक १० बर्षमा हुने अमेरिकाको जन गणना (census 2020) को महत्व, यसमा हाम्रो चासो र यसबाट रोजगारी लगायतका अवसरहरुलाई प्रष्ट्याउने उद्देश्यले ग्रेटर अस्टिन नेपाली सोसाइटीद्वारा एक भब्य कार्यक्रम सम्पन्न भएको छ । फ्लुगरभिल लाइब्रेरीको हलमा सम्पन्न उक्त कार्यक्रममा नेपाली टोपीमा सजिएका प्रमुख अतिथी फ्लुगरभिल मेयर भिक्टर गोन्जालेसले महत्वपूर्ण बिषयमा गरिएको कार्यक्रमको तारिफ गर्दै सेन्ससमा कोही पनि छुट्नु नहुने कुरामा जोड दिनु भएको थियो । विषय प्रस्तोताहरु प्राध्यापक प्रभात दिक्षित, सेन्सस ब्युरोका आरोन टर्नर तथा एसियन प्यासिफिक रिजन संघ (APAPA) का उपाध्यक्ष सुमित दास गुप्ताले प्रशिक्षणको शैलीमा प्रश्न उत्तर सहित बिषयलाई प्रस्ट पार्ने काम गर्नु भएको थियो ।
कार्यक्रममा एनएसटी डालसका उपाध्यक्ष राजेन्द्र वाग्ले, एनआरएनएका पदम ठकुराठी, सामुदायिक भवन समितिका संयोजक तथा पुर्व अध्यक्ष गेहेन्द्र केसी, पुर्व अध्यक्ष देवराज न्यौपाने, APAPA का अध्यक्ष अलाइस ई, एसियन अमेरिकन चेम्बर अफ कमर्सकी अध्यक्ष मेरिना भर्गभा, न्युयोर्क टाइम्सका रिपोर्टरहरु जोन तथा डान लगायतका ब्यक्तित्वहरुको महत्वपूण सहभागिता रहेको थियो ।
सम्पूर्ण नेपालीहरुलाई सेन्ससमा नछुटाउने, सेन्सस मार्फत नेपाली समाजको अस्तित्व र बिकाशमा टेवा दिने, धेरै नेपालीलाई सेन्सस जब (जागिर) मा लगाउने, बिभिन्न संघसंस्थाहरुसित समन्वय गरेर काम गर्ने जस्ता उद्देश्यले देवराज न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय सेन्सस समिति निर्माण गरिएको छ । जसमा बिमल अधिकारी, सुदिप दाहाल, शर्मिला भट्ट, श्रीधर दुवाडी, सुधिर रजौरिया, शुसिल त्रिपाठी, रत्न शाही, रविन पिया, पशुपती महतो तथा ललित गिरी सदस्य रहनु भएको छ ।
ग्यान्सका अध्यक्ष भोजराज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन ग्यान्सका कोषाध्यक्ष सकुल कोइरालाले गर्नु भएको थियो ।
It was such a great program with GANS and its members touching newer avenues. Thank you all for your overwhelming participation and making our effort fruitful. We hope you all will be able to benefit from the Census info & related job opportunities. Also, looking forward for a stronger ties between various communities of Texas!! Great appreciation for your presence and support Mr. Victor Gonzales, Mayor- City of Pflugerville and all other distinguished guest members!!