अमेरिकामा आफनै आमाद्धारा नाक मुख थुनेर तीन नाबालकहरुको निर्मम हत्या

टेक्सस– मान्छे कति सम्म क्रुर हुन्छ भन्ने कुरा एउटा घटना अमेरिकामा घटेको छ । लागुऔषधको नसामा एक आमाले आफनै साना तीन कलिला बच्चाहरुलाई नाक र मुख दबाएर हत्या गरिदिएकी छिन् । आफना तीन वर्ष ,डेढ वर्ष र सात महिनाका ति अबोधहरुको ज्यान लिएका छिन । आफना सन्तानलाई २२ वर्षिय कुर आमाले तडपाई -तडपाई मारेको समाचार एजेन्सीहरुले जनाएका छन् । यो घटना हो अमेरिकाको एरिजोना राज्यको ।
प्रहरीले उनलाई हत्याको अभियोगमा पक्राउ गरिसकेको छ । एरिजोना राज्यकी अभियुक्त २२ वर्षीय हेनरीले आफनो अपराध स्वीकार गरिसकेकी छिन् । उनले प्रहरी सामु आफनो सन्तान मारेको कथा सुन्दा जसको पनि मुटु सिरिङ हुन्छ । उनले दुध पिलाउदै सात महिनाकी आफनै सानी छोरीको ज्यान लिएकी थिइन ।
प्रहरीले घटना के कारणले घटाएको हो भन्ने बारेमा अहिले सम्म पत्ता लगाउन सकेको छैन । तर उनका नातेदारका अनुसार उनी ड्रग्स सेवन कर्ता थिइन । केही दिन यता अनौठौ कृयाकलाप गदै आएको र अन्तयमा यस्तो घटना घटाएको बयान एक आफन्तले प्रहरीमा बयान दिएका छन् ।
प्रहरीसंगको बयानमा उनले जब सम्म बच्चाको सास रोकिएन तब सम्म आफुले आफनो हातले नाक र मुख दबाईरहीन । जब उनले आफनो डेढ वर्षकी छोरीको ज्यान लिइरहेकी थिइन तब संगै उभिएका तीन वर्षको छोराले हेरिरहेको थियो उनले बयानमा भनेकी छिन्–उसले आफनो बैनीलाई बचाउन आमालाई मुक्का हान्दै रोइरहेका थिए । त्यसपछि उनले आफनो त्यही तीन वर्षको छोरालाई समेत बेडमा पल्टाएर ज्यान लिइन । । उनले आफुलाई बचाउन आमाको हात चिमोटने, कराउने गरिरहदा समेत उनको मन फर्किएन । आखिरमा तीनै सन्तानको ज्यान लिएर छाडीन । यो सबै घटना उनलै प्रहरीलाई बयानमा सुनाएकी थिइन ।
सबै तीन सन्तानलाई पालै पालो थिचेर मारेपछि शबलाई लिबिंङ रुमको सोफामा सुताइन दिइन । घरमा रहेका अन्य सदस्यलाई बच्चाहरु सोफामा सुतीरहेको बताइन । बच्चाहरु लामो समय सम्म पनि कुनै हलचल नगरेपछि परिवारका अन्य सदस्यले इर्मजेन्सी नम्बरमा फोन गरेका थिए । प्रहरी घर आएपछि तीनै सन्तानलाई मृत घोषित गदै उनलाई गिरफतार गरिएको थियो ।