भावना विष्ट

 

पढ्थे म भोली को जीवन

के के पांउला र के -के गुमाउला,

कति ख़ुशी र कति पिंडाहरु

यों जीवन यदि किताब भै दिए

 

यो  ज़िन्दगी किताब भै दिए,

च्नयाति दिन्थे  ति समयका पानाहरु,

जहां पिडारुपी कालो रंग पोतीएको छ

जोडी दिनथे त्यों समयका पानाहरु

जहां खुशीका रंग झिलमिलाएका छन

 

यो ज़िन्दगी यदि किताब भै दिए

कमसेकम हिसाब लगाऊँन सक्थे

मैले के कति गुमाए र कति पांए

बिग्रेका सपनाका पानाहरु

सबै उजागर बनाउन सक्थे

 

यो जिन्दगी यदि किताब भैदिए

मलाई जानेर र नजानी पढनेहरुं ले

बुझेर बिश्लेषण गर्नुहुन्थ्याे 

नकी अध्याराेमा चलाउने  तीर सरी

अन्धाधुन्ध बर्बराउनु पर्थ्याे ।

 

यो ज़िन्दगी यदि किताब भैदिए

मेटाई दिन्थे  हरपहरु 

जुन गहिरो घाउ सरी गाडीएका छन 

मेटाई दिन्थे नाता पनि 

जुन रहनु र नरहनु को अर्थ छैन ।।

अमेरिका

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected