यो मायाको संसार विचित्र
तिम्रा रुपमा के जादु छर हो
बस्यौ दिलभित्र

यो लोकप्रिय गीतका गायक कृष्ण देवकोटा यतिबेला अमेरिकामा छन् । कास्कीका रैथाने यी गायक केही समय पहिला सपरिवार अमेरिकाको जर्जिया बसाई सरेका हुन । अमेरिका आएर पनि उनले आफनो गायकीलाई अगाडी बढाइरहेका छन् । नेपाली समाजले गर्ने सांस्कृतिक कार्यक्रमहरुमा उनको प्रस्तुति पनि बढदै गएको छ ।
यस पटकको दशैतिहारमा उनी जर्जियामा उनले पप गायक हेमन्त राना संगै सांस्कृतिक कार्यक्रममा आफनो प्रस्तुती दिदैछन् । यसै गरी उनी गायिका संगीता थापा मगरसंगै रिजऊड नेपाली समाजले आयोजना गर्ने दशैतिहार शुभकामना साझ कार्यक्रममा आफनो गला देखाउदैछन् । अक्टोबर ४ मा हुने कार्यक्रममा उनी संगै विभिन्न स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने आयोजकले जनाएका छन् ।
नेपाली समुदायले यस पटक लोक तथा दोहोरी गायक देवकोटा संगै अन्य कलाकर्मिको प्रस्तुतिको स्वाद लिदै दशैतिहार मनाउदैछन् । ‘यसपटक विदेशको बसाईमा दोहोरी गाउदै दशैतिहार बित्ने भएको छ, दोहोरी गायक देवकोटाले भने–‘सबैलाई दोहोरीले नचाउने कोसिस गर्नेछु ।
क्षेत्रीय प्रसारण केन्द्र पोखरामा दोहोरी प्रतियोगितामा भाग लिदै काठमानडौका दोहोरी साझमा गाउदै दजनौ दोहोरी गीत गाएर लोकप्रिय भएका देवकोटाले आफना कला यात्रालाई निरन्ँतरता दिइरहेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected