टेक्सस– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफनो ट्वीटर अकाउन्टमा गरिएको ट्वीटसबाट बेला– बेलामा चर्चामा आइरहन्छन् ।
यसपटक पनि उनी बेग्लै खालको ट्वीटस गरेर ट्वीटरमा छाएका छन् । उनले पुर्व राष्ट्रपति बाराक ओबामालाई आफनो ट्वीटमा निशाना बनाएका छन् ।
उनले ट्वीटरमा एउटा फोटो ट्वीट गरेका छन् जसमा आफु भद्र तरिकाले भित्र उभिएका छन् भने बाराक ओबामा बाहिर बसेर उनलाई जासुसी जस्तै गरेर हेरेको देखाइएको छ । तस्विरमा ओबामाले दुरबीनले ट्रम्पलाई नजर लगाइरहेको देखिएको छ ।
यो संगै उनले अर्को एउटा फरक खालको ट्वीट गदै आफना फ्यानहरुलाई धन्यवाद दिएका छन् ।
ट्रम्पले जनवरी ३ मा अमेरिकी ड्रोन हमलामा इरानी कमान्डर कासिम सुलेमानी मारिएपछि उनले अमेरिका झण्डा पोष्ट गदै ट्वीट गरेका थिए । उनको यो ट्वीटले पनि विश्वमा तरंग ल्याएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected