टेक्सस– ड्यालस– फोटवर्थ क्षेत्रमा क्रियाशिल साहित्यक समुह स्रष्टा साझले टेक्ससको हस्र्टमा एक कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालबाट आएका साहित्यकार तथा पत्रकार पुरुषोत्तम दाहाल तथा उनकी धर्मपत्नी शान्ता दाहालको उपस्थितिमा कार्यक्रम भएको हो ।
कार्यक्रममा दाहालले आफनो लेखनयात्राको चर्चा गदै नया पुस्तक प्रकाशनमा लागेका स्रष्टालाई मार्गनिर्देशन गराएका थिए ।

उनले आफनो मार्मिक पुस्तक शान्ता को बारेमा समेत कार्यक्तममा जानकारी दिएका थिए । उक्त पुस्तकको अंग्रेजी संस्करण उनले स्रष्टा साझका संस्थापक सदस्य प्राध्यापक डा प्रभात दिक्षितलाई हस्तान्तरण गरेका थिए ।
उक्त अवसरमा स्रष्टा साझको तर्फबाट प्रकाशित पहिलो कृति न्यास्रो जन्मभुमिको कविता सग्रह पुस्तकका रचनाकार तथा स्रष्टा साझ बैकुण्ठराज आचार्यले दाहालाई प्रदान गरेका थिए ।

स्रष्टा प्रतिमा खरेलले एउटा साहित्यकारसंगको भेट जीवनमा कति प्रेरणादायी हुँदोरहेछ भन्ने कुराको अनुभूति प्रकट गर्दै   पहिले लेख्ने गरेको तर छोडेको उल्लेख गर्दै  अव फेरि लेख्न शुरु गर्छु भन्ने अठोट गरिन ।

कार्यक्रममा भगवती पौडेल तथा ओजश्वी अर्यालले आफना कविताहरु वाचन गरेका थिए । स्रष्टाहरु धनन्जय ढकाल, प्रतिमा खरेल तथा अन्य साहित्यप्रेमीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected