टेक्कस– इराकमा अमेरिकी सैन्य क्याम्पमा भएको मिसाइल आक्रमण हुदा“ ३४ जना अमेरिकी सैनिकलाई मस्तिष्कमा गहिरो चोट लागेको छ ।
अमेरिकी रक्षा मन्त्रालयले शुक्रबार यसबारेमा जानकारी गराएको हो । इरानले आफनो सैनिक कमाण्डर कासिम सुलेमानी मारिएपछि इराक स्थित अमेरिकी सैनिक क्याम्पमा मिसाइल आक्रमण गरेको थियो । यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र केही अधिकारीहरुले भने आक्रमणबाट कोही अमेरिकी सैनिक नमारिएको र घाइते नभएको बताएका थिए ।
मस्तिष्कमा चोट लागेका ११ जना सैनिकलाई उपचारका लागी उपचारका लागी बाहिर पठाईएको छ । पश्चिम इराककामे अनल–असद एयर बेस क्याम्पमा भएको इरानी हमलपछि उनिहरुमा यो लक्षण देखिएको थियो ।
अमेरिकी रक्षा मन्त्रालयको मुखालय पेन्टागनका प्रवक्ता जोनाथन हाफमैनले उनिहरु मध्ये आठ सैनिकको उपचारका लागी जर्मन पठाईएकोमा अहिले अमेरिका ल्याइसकिएको छ ।
राष्ट्रपति ट्रम्पले बुधबार सेनाको टाउको दुख्ने र शरीरमा अरु खराबीको बोमा आफुले सुनेको बताएका थिए । यसबारेमा सुचना बाहिर नल्याएको बारेमा भने पेन्टागनले स्पष्ट पारेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected