टेक्कस– अमेरिकामा बन्दुक बोक्नु र चल्नु घटना नियमित जस्तै भइसकेको छ । विद्यालय चर्च र भीडभाडमा बन्दुक आक्रमण दिनानुदिन भइरहेका छन् । तर यहा“ एउटा बन्दुक सम्बन्धी अनौठो घटना घटेको छ ।
अमेरिकाको अलबामा राज्यमा कक्षा एक मा पढने एक ६ वर्षिय बालकले विद्यालयमा गोली चलाएका छन् । उक्त बालकले विद्यालयमा बन्दुक बोकेर आए र अन्जानमा गोली चलाएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । वे चलाएको बन्दुकबाट केही हताहती भने भएन । यो घटनापछि प्रहरीले बालकका आमाबाबुलाई हिरासतमा लिएका छन् ।
अधिकारीका अनुसार यो घटना विल्काक्स काउन्टी स्थित जेइ होब्स इलिमिन्ट्रीमा घटेको हो । घरबाट बन्दुक बोकेर आएका ति बालकले बन्दुक चलाए र गोली स्कुलको भित्तामा पुगेर लाग्यो ।
घटनापछि अधिकारीहरुले आमाबाबु र नाबालकलाई असमाजिक तथा आपराधिक गतिविधीमा लागेको आरोप लगाइएको छ ।
गोली हान्ने बालक र उनको परिवारको नाम भने सार्वजनिक गरिएको छैन ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...