गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको २०१९–२०२० कार्याकालको लागी अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन् । काठमान्डौको याक एन्ड यति होटलमा एक औपचारिक कार्यक्रम गरी उनले उम्मेदवारी घोषणा गरे । संघका वर्तमान उपाध्यक्ष पन्तले आफनो आगामी कार्याकालको नेतृत्व लिन आफु अगाडी बढेको बताएका छन् ।
अक्टोबर १५ देखि १७ सम्म काठमान्डौमा हुने विश्वसम्मेलनमा पन्तले उम्मेदवारी दिदै आगामी कार्यालयका लागी अध्यक्षमा दाबी गरेका हुन । उनले उम्मेदवारी संगै आफनो २० प्रतिवद्ध पत्र समेत सार्वजनिक गरेका थिए । नेपालमा गैरआवासिय नेपालीको लागनी भित्राउने उनको मुख्य भिजन रहेको छ ।त्यसो त पन्तले भिजन ट्वान्टी एन्ड वियोण्डलाई कार्यान्वयनमा लैजाने, श्रमिक कल्याणकारी कोषलाई दोब्बर बनाउनुका साथै नागरिकता ऐन सम्बन्धी विधेयकमा सर्तक हुने, गैरआवासिय नेपालीको लगानीको विषयलाई छलफल चलाउने, एनआरएनएको सदस्य बिस्तारलाई परिषकृ लगायतका अभियानलाई पनि अघि सारेका छन् । पन्त अहिले चुनावी अभियानको दौडानमा युरोप एशिया लगायतका मुलुकहरुमा पुगीरहेका छन् ।
पन्त यस अघि २०१३ मा महासचिव, २०१५ देखि २०१७ मा उपाध्यक्ष र २०१८ देखि २०१९ सम्म पनि उपाध्यक्ष पदमा रहेर एनआरएनएको अभियान लाई अगाडी बढाएका छन् । झन्डै ८० लाख गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्नुपर्छ भन्ने मुल अभियानलाई उनले अंगालेका छन् । यसका लागी उनी आफनो प्रयासलाई अगाडी बढाइरहेका छन् । उनी चुनावका लागी आफु सम्पुर्ण रुपले तयार रहेको बताउदै चुनाव देख िभाग्ने र डराउनु पर्ने कुनै अवस्था नरहेको बताए । दुई–दई वर्ष उपाध्यक्षमा रहेर एनआरएनएको गतिविधीलाई अगाडी बढाइसकेको छु उनले भने–‘अब अध्यक्ष भएर बाकी योजना र कामहरु अगाडी बढाउने तर्फ केन्द्रित रहनेछु ।’
उनका अनुसार आफुले लगानीमा योगदान, सम्मानपुर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगोल संगठन र व्यापक सहभागितालाई जोड दिएको छु । त्यस्तै गैरआवासीय नेपालीले १० अर्बको संयुक्त कोष बनाएर नेपालमा लगानी गर्ने अभियान अघि बढाइरहदा पन्त अहिले त्यो विषयमा नेपालमा सरकारी पक्ष संग व्यापक छलफललाई अगाडी बढाइरहेका छन् । यो लगानीले नेपालमा ठोस योजना अगाडी बढने सहयोग पुग्ने उनले बताएका छन् ।
गोरखाको फुजेल गाउ“मा सामान्य परिवारमा जन्मेका पन्त १९९९ मा अध्यनका लागी जर्मन पुगेका थिए । अध्ययनलाई अगाडी बढाउदै संघर्षमा गरेका पन्तले होटल व्यवसायमा राम्रो सफलता हासिल गरे । पन्तले युरोपमा मात्र हैन नेपालको जलबिधुत, बैक वित्तिय, सिमेन्ट, रेमिट्यान्स रियल स्टेट लगायतका विभिन्न उद्योगमा समेत आफनो लगानीको संजाललाई बिस्तार गरेका छन् ।
जर्मन लगायन युरोपका अधिकांश देशमा होटल व्यवसाय संचालन गरेका पन्त २००३ देखि नै गैर आवासिय नेपाली संघमा आवद्ध भइ सक्रिय रहेका थिए । उनी एनआरएनएको जर्मन संयोजक हुदै युरोप संयोजक हुदै उपाध्यक्ष सम्म आइपुग्दै आगामी कार्यालयको अध्यक्षमा खडा भएका हुन । उनी झन्डै पा“च महिना अघि देखि नै अध्यक्षमा आफनो माहौल बनाउन गैरआवासिय नेपाली संग भेटघाट र छलफलमा लागी परेका थिए । सबै साथीहरुले मलाई नेतृत्वमा आउन आग्रह गरेकाले नै अध्यक्ष्ँम्ँँ उम्मेदवारी दिएको हु पन्तले भने–साथीहरुको सहयोग लिएर एनआरएनलाई थप उचाईमा पु¥याउन मेरो प्रयास जारी रहेनछ ।’

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected