टेक्सस – वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले अमेरिकामा मिडिया संचालन गर्न स्रोतको अभाब रहेको बताएका छन् ।
‘मिडिया खोल्नु मात्र ठुलो कुरा नभइ त्यसलाई स्थायित्व दिन स्रोतको आवश्यकता पर्छ, ‘नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आईतबार यहाँ गरेकाे भेटघाट कार्यक्रममा उनले  भने–‘ लेखेर र अरुले पढीदिएर मात्र हुदैन, यसका लागी स्रोत आवश्यक छ ।’
उनले यहाँको पत्रकारिता फस्टाउन बजार आवश्यक भएको बताउदै भिडिया संचालनका लागी स्रोत खोजीनु पर्नेमा जोड दिए ।
उनले स्रोत नै अमेरिकाको पत्रकारिताको मूल समस्या भएकाे  बताए ।

उनले आफनो पत्रकारिता सुरुवाती जीवनको चर्चा गदै बिगतमा जस्तै कठिन पत्रकारिता अहिले नरहेको बताए ।
हामीले पत्रकारिता गर्दा धेरै बाधा अडचन थियो, उनले आफनो पत्रकारिता जीवनको वृतान्त बताउदै अहिले मिसन पत्रकारितामा खडेरी पदै गएको बताए ।
उनले अहिले पत्रकारितामा स्वतन्त्रताको अभाव रहेको प्रसंग उठाउदै मन परेकालाई उचाल्ने र मन नपर्नेलाई खसाल्ने प्रवृत्ति हावी भएको आरोप लगाए ।
पछिल्लो क्रममा छदमभेषी अनलाइनलेहरुले पत्रकारितामा विकृति र विसंगति भित्राउदै उनले समुदायमा यसले स्वतन्त्र पत्रकारितामा प्रश्न उठाउने वातावरण बनेको बताए ।

झण्डै ४२ वर्ष पत्रकारितमा व्यतित गरेका दाहाल अहिले पनि नियमित रुपमा छापा देखी अनलाइन पत्रकारिता गदै आएका छन् । कुनै समय उनले संचालन गरेको घटना र विचार सर्वसाधारण माझ लोकप्रिय बनेको थियो । उनलाई यो कार्यक्रमले सबै माझ चिनाउने काम गरेको थियो ।
कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघका कार्यबहाक अध्यक्ष विकासराज न्यौपाने, पत्रकार रामचन्द्र भट्ट, सुरेश पोखरेल, संजय घिमिरे, तारा रावल तथा प्राध्यापक डा प्रभात दिक्षितले अमेरिकामा पत्रकारिताको बारेमा बोलेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected