‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाग्यकाे फैसला गर्ने जिम्मा जनतामा’
टेक्सस– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाग्यको फैसला गर्ने जिम्मा जनतालाई छाडनु पर्ने बताइएको छ ।
वाइट हाउसले अब जनताले नै राष्ट्रपति ट्रम्पको फैसला गर्ने बताएको हो । वाइट हाउसका वकीलले सिनेटमा महाअभियोगको सुनाईमा राष्ट्रपति ट्रम्पको बचाउ गरेका छन् । वकीलहरुले राष्ट्रपतिले युक्रेनसंग गरेको बार्तालापमा कुनै गलत नगरेको बताएका छन् । अब काग्रेसलाई नभई अमेरिकाका मतदातालाई ट्रम्पको भाग्यको फैसला गर्ने जिम्मा दिनुपर्ने बताए ।
वाइट हाउसको तर्फबाट अमेरिकाका ४५ औ राष्ट्रपति ट्रम्पको बचाउ गर्ने वकील पैट सिपोलोनले यदि सिनेट प्रतिनिधीसभाको इसारामा चलेर राष्ट्रपतिलाई पदबाट हटाउने फैसला लिइन्छ भने त्यो शक्तिको दुरुपयोग भएको बताए ।
उनले सिनेटर्सहरु लाई भनेका छन् डेमाक्रेटसले अहिलेसम्म सिनेटले नगरेको काम गर्न लागेकोमा आश्चार्य व्यक्त गरे । तर त्यही सदनका मुख्य संयोजक एडम सिफले भने डोनाल्ड ट्रम्प लोकतन्त्रकाम लागी खतरा भएको बताएका छन् । ा
उनले ट्रम्पलाई अमेरिकाको सिद्धान्तमा नचलेको आरो लगाए । यो भन्दा अघि तल्लो सदनका महाअभियोग प्रबन्धक एडम सिफले राष्ट्रपति ट्रम्पलाई पदबाट बर्खास्त गर्नु पर्ने बताउदै उनले आफनो हितलाई देशलाई दाउमा राखेकोले उनमा विश्वास गर्ने कुनै आधार नभएको बताए ।
अमेरिकाको इतिहासमा यो तेस्रो महाअभियोगको सुनवाई हो । डेमोक्रेटसको बहुमत रहेको प्रतिनिधिसभामा राष्ट्रपति ट्रम्प माथि डिसेम्बर १८ मा महाअभियोग लगाउने प्रस्ताव गरेको थियो । अहिले सिनेटमा भने ट्रम्पको पक्षमा फैसला हुने देखिएको छ । सिनेटमा रिपब्लिकन्सको ५३ सदस्यको बहुमत छ ।