१.
भन्छौ
अनायसै भेट भयो
के थाहा तिमीलाई
कति “होमवर्क” गरें
२.
भन्छौ
तिम्रो कविता बुझ्दिन
साँच्चै हो कि ढाँटेको?
कतै प्रेमभाव बुझ्दिनौ ?
३.
शायद
बेवकुफ ठान्छौ मलाई
मैले मनको कुरा गरें तिमी संग
आजकलको जमानामा
४.
चोट त धेरै दियौ
तर मैले सहें
के गरूँ ?
आफ्नै जो पर्यौ
५.
एक हूल नेता आए
भाषण गरे
गाउँमा तमाशा
६.
उ हरायो
धेरै खोजियो
अमेरिकाको ग्यास स्टेशनमा रहेछ
७.
हिजो बागमतीलाई भेटें
खै, कता गए सफा गर्छु भन्नेहरु
उ खोज्दै थियो
८.
घन्टी बज्यो ढोकामा
तिमी थियौ
आश्चर्य !
दिलको आवाज
९ .
बुद्दि र बुद्दिमत्ता
कुस्ती खेलेछन
घमण्ड हाँस्यो
१०.
बाझेको हो ?
या बहस गरेको ?
या थर्काएको ?
संसदमा छलफल !
– बैकुण्ठ राज आचार्य
टेक्सास
©BAcharya@2019
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...