टेक्सस- तुलसीदास  विरचित श्रीरामचरितमानसकाे  तुलसीराम शर्मा द्वारा नेपाली भाषामा गरिएको  छाया अनुवादकाे अमेरिकाको डालसस्थित नेपाली मन्दिरमा भव्य समारोहका बीच प्रमुख अतिथि वरिष्ठ पत्रकार  पुरुषोत्तम दाहाल सार्वजनिक गरे ।

प्रमुख अतिथिको आशनबाट प्राध्यापक श्री पुरुषोत्तम दाहालले 

मन्दिर व्यवस्थापन , कार्यक्रम आयाेजक र कृति अनुवादकलाई धन्यवाद दिदै अवधि भाषा नवुझ्ने नेपाली भाषीका लागि याे कृतिअति नै पठनीय र सङ्ग्रहणीय रहेकाे बताए ।

डा शेखर पण्डितकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम वासुदेव भण्डारीले संचालन गरेका थिए ।

अनुवादक पूर्वीय दर्शन, धर्म ,सम्स्कृतिका विद्वान तुलसीराम शर्माले सबैलाई स्वागत गर्दै पुस्तकको विषयमा चर्चा  गरे ।

पुस्तक वारे आचार्य मेघराज निरौला, आचार्य चन्द्रकान्त शास्त्री,  एनएसटीका अध्यक्ष दिनेश शर्मा, एन सी एस सी का पूर्व अध्यक्ष रमेश पाेख्रेल, नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्रका अध्यक्ष श्री सुरेशचन्द्र पाेखरेल, अन्तर्राष्ट्रीय नेपाली साहित्य समाजका अध्यक्ष श्री कपिल अधिकारी र अन्तर्राष्ट्रीय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष श्री वासु शर्माले शुभकामना मन्तव्य दिदै ग्रन्थ सफलताको कामना गरे ।

कवि भगवती पौडेलकाे कविता वाचन  र भागवत वाचिका विदुषी विमला ओलीकाेसुमधुर आवाज़मा नेपाली रामचरितमानस गाएर सबैलाई मन्त्रमुग्ध पारिएकाे थियाे ।लता प्रधानकाे भजन र पण्डितजीहरुको मंगलाचरणले पशुपतिनाथ बौद्ध मन्दिर गुन्जायमान भएको थियो ।

गोस्वामी तुलसीदासले १६ औं शताब्दीमा रचना गरेको विश्वकै सुन्दरतम काव्य श्रीरामचरितमानसको आचार्य तुलसीरामद्वारा नेपालीमा समछन्द र समशैलीमा अनूदित नेपाली रामचरितमानस थोरै समयमा नै नेपालीभाषीलाई आकर्षित गर्न सफल भएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected