जापान-जापानको मिए प्रान्तको योक्काइची  शहर स्थित योक्काइची विश्वविद्यालयमा मिडिया  र भिडियोग्राफी बिषयमा  अध्ययनरत नेपाली बिद्यार्थीहरुले ४बर्षे पढाईको अन्तिम चरणमा स्नातक थीसिसको रुपमा  जनवरी २८ मा फोटो तथा  वृत्तचित्र प्रर्दशनी गरेका छन ।  

पत्रकार महासंघ नेपाल जापान शाखाका संस्थापक  सदस्य तथा फोटो पत्रकार समेत रहेका निशान रानाले नेपाल र जापानको विभिन्न ठाउँमा खिचेका प्राकृतिक  सोन्दर्यताका साथै प्रकृतिको साहारामा बाच्ने जिबजन्तुका फोटाहरू  प्रर्दशनीमा राखेका थिए ।  उक्त फोटो   प्रर्दशनीमा नेपालको पोखराको डेविस फल्स ( पातले छाँगो ) , माछापुछ्रे  हिमाल ,स्याङ्ग्जाका खहरे झर्ना लगाएतका फोटाहरू राखेका थिए  भने जापानको केउतो , कानागवा ,गिफु ,आईची र मिए प्रान्तको बिभिन्न ठाउँमा खिचेका फोटो गरी २४  फोटो पर्दशनीमा राखेका थिए ।  बुज्नलाई सजिलोको लागी फोटो क्याप्सन भने अँग्रेजी र जापानि भाषामा राखिएको थियो । उक्त  प्रर्दशनीको अवोलोकन पश्चात भने केही जापानी नागरिकहरु नेपाल घुम्न जाने रुचि गरेको रानाले जानकारी दिए साथै रानाले थपे यो मेरो फोटो  प्रर्दशनीले भिजिट नेपाल २०२० लाई   केही न केही सहयोग गर्ने छ ।  

      मिडिया बिषयमा अध्ययनरन अर्का नेपाली बिद्यार्थी  युबराज आचार्यले भने  नेपाली विद्यार्थीहरुको जापान सपना ”जापन ड्रिम्स  ” नामक ,  वृत्तचित्र,  प्रस्तुत  गरेका  थिए ।  उक्त वृत्तचित्रमा नेपाली बिद्यार्थीहरुको जापान प्रतिको अपेक्षा ,  समस्या ,संघर्ष र अवसर बारेको  वास्तविक घटनाको चित्रण गरियको थियो ।  अर्का बिद्यार्थी   रबि गिरिले आफुले राम्रो गरे जे पनि राम्रो गर्न सकिन्छ  “दु  युअर बेस्ट  यु क्यान दु एनिथिङ नामक ” वृत्तचित्र,  प्रस्तुत गरेका थिए ।  साथै मनमाया अधिकारि क्षेत्रीले भने   नेपाल र जापानको प्रारम्भिक बाल बिकासको बारेको भिडियो प्रस्तुत गरेका    थिए ।  

         त्यसैगरि  श्रीलंकाका बिद्यार्थी आतोपात्तोउ पबित्राले महत्वपूर्ण कुरा हराउनु अगाडि “दाइजीना मोनो ओ  उशिनाउ माएनी “को द्रामा भिडियो गरेका थिए साथै भियतनामका बिद्यार्थी कावो होप्पुले भने   भियतनामको बांसुरी “साओ ” को धुनमा रमणिय  शिन राखि भिडियो गरेका थिए । साथै जापानि विद्यार्थीहरु हिनो कावोन , होनोका  नोरो,यासुदा रीसा ,हीरोसे मासानोरी ,तानिदा आकाने ,इकेदा इस्से ,हासेगावा सोऊ ले पनि आ-आफ्ना प्रस्तुती दिएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected