अमेरिकी प्रतिनिधीसभाद्धारा दलाई लामाको उत्तराधिकारी चयनमा चीनलाई लगायो प्रतिबन्ध
टेक्सस– अमेरिकाको प्रतिनिधि सभाले चिनिया अधिकारी विरुद्ध प्रतिबन्ध लगाउन मतदान गरेको छ ।
प्रतिनिधीसभामा गरिएको मतदानमा चिनिया अधिकारी विरुद्धको विधेयक पारित भएको छ । यो विधेयकले चिनिया अधिकारीको विरुद्ध वित्तिय र यात्रालाई प्रतिबन्धीत गर्नेछ । चिनियाले पछिल्लो समय दलाई लामाको उत्तराधिकारी विषयमा चासो र सरोकार राखेपछि अमेरिकाले यस विषयमा चीनका अधिकारीलाई प्रतिबन्ध लगाएको हो ।
चीनले दलाई लामाको उत्तराधिकारी चयनको विषयमा हस्तक्षेप गरेको खण्डमा अमेरिकाले यस्तो प्रतिबन्ध लगाउनेछ ।
अमेरिकाको प्रतिनिधिसभामा यस्तो विल पास भएपछि दलाई लामाको उत्तराधिकारी चयन प्रकृयामा चीनलाई झटका लागेको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...