टेक्सस–कोरोनाभाइरस संक्रमण फैलिएपछि अमेरिकाले चीनको बुहान सहरबाट आफना २ सय नागरिकलाई फिर्ता ल्याएको छ ।
चीनबाट फिर्ता ल्याइएका अमेरिकी नागरिकलाई क्यालिफोर्निायाको सैनिक अड्डामा राखिएको हो । उनिहरुलाई ७२ घन्टा सम्म सैनिक अड्डामा राखिने जनाइएको छ ।
चिनिया सहरबाट ल्याइएका अधिकांश नागरिक सैनिक परिवारका सदस्य रहेका छन् । उनिहरुको गंभीर तवरले चिकित्सक जाच भइरहेको छ ।
अमेरिकी राष्टपति डोनाल्ड टम्पले कोरोनाइभाइरस रोकथामका लागी चीन सरकारसग मिलेर काम गरिरहेको बताएका छन् । वाइट हाउसले चीनबाट उडान बन्द गर्ने समेत तयारी गरेको छ ।
क्यालिफोर्नियाको एउटा अनुसन्धान केन्द्रले आगामी जुन तथा जुलाई महिनासम्ममा कोरोनाभाइरसको मानिसमा परीक्षण गर्न सकिने खोप तयार हुने बताएको छ ।
सक्रमणको केन्द्र रहेको चीनको बुहान सहरमा ६ करोड जनसंख्या रहेको छ । चिनिया स्वास्थ्य अधिकारीका अनुसार ७ हजार ७ सय ११ वटा सक्रमण भेटिसकेको छ । यो सक्रमण चीन संगै १६ वटा देशमा कोरोनाभाइरसको सक्रमण देखिएको छ । चीनमा यो सक्रमणबाट १ सय ३० जनाको ज्यान गएको छ ।
यो सक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले सक्रमण फैलिएपछि चिन्ता व्यक्त गदै जेनेभा स्थित आफनो मुख्यालयमा आपातकालिन बैठक बोलाएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected