टेक्ससका व्यवसायी अग्रवालको निधन
टेक्सस– नेपाली समाज टेक्ससका व्यवसायी ४८ वर्षिय राजेशकुमार अग्रवालको निधन भएको छ ।
लामो समय देखि टेक्ससमा बसेर व्यवसाय संगै सामाजिक अभियानमा सक्रिय अग्रवालको बिहीबार क्यानसरले निधन भएको हो ।
उनी न्युयोर्कबाट बसाइ सरी टेक्सस आएर व्यवसायीमा लागेका थिए । झण्डै २५ वर्ष देखि अमेरिकामा बसेर व्यवसाय तथा नेपाली समाजको गतिविधीमा उनी सक्रिय रहेका थिए ।
‘एउटा व्यवसायी संगै नेपालीमा समस्या पर्दा ज्यान दिने व्यक्ति थिए’ अग्रवाललाई नजिकबाट चिनेका टेक्ससका व्यवसायी साजन मुल्मीले भने– अग्रवालको निधनले हामीलाई मर्माहत बनाएको छ । मुल्मीका अनुसार तीन वर्ष क्यानसर रोगले पीडित अग्रवालले किमो थेरापी गराउदै आएका थिए । पछिल्लो पटक जन्डिस समेत देखिएपछि चिकित्सकले किमो गर्न नमिल्ले बताएका थिए ।
टेक्ससमा उनको आफन्ँत कोही नभएकाले अघिल्लो हप्ता मात्र मुल्मी लगायतका टेक्ससका व्यवसायीहरुको पहलमा उनको रेखदेखका लागी नेपाल पठाइएको थियो । बिहीबार उनको निधन भएको हो ।
उनको निधनमा नेपाली समाज टेक्ससले गहिरो संमवेदना प्रकट गदै हार्दिक समवेदना प्रकट गरेको छ । धरान स्थायी घर भएका अग्रवाल टेक्ससमा बसेर व्यवसायी गदै नेपाली समाजको गतिविधीमा सरिक रहदै आएको नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्माले बताए । उनी एक असल समाजसेवी थिए’ नेपाली समाज टेक्ससका अध्यक्ष शर्माले भने– ‘ उनको निधनले नेपाली समाजलाई अपुरणीय क्षति पुगेको छ ।’
टेक्ससको अर्भिङ बस्दै आएका अग्रवालले न्युयोर्कबाट डयालस आए । ड्यालसमा केही समयपछि लुजियानामा तीन वटा ग्यास स्टोर चलाए । लुजियानाबाट ड्यास र्आएर उनले ह्यारी हेन्समा सेलफोनको होलसेल पसल चलाएका थिए । सन् १९९६ मा अमेरिकाको न्युयोर्क आएका अग्रवाल १९९९ मा ड्यालस बसाइ सरेका थिए ।
‘सारै मिहेनती र सहयोगी पनि थिए नजिकबाट चिनेकी साथी मिना भट्टराईले भनिन– साथीको निधनले दुखी बनाएको छ ।
उनका निधनमा नेपाली समाज टेक्सस संगै यहा“ रहेका विभिन्न संघसंस्थाका व्यक्त्विहरुले समेत समवेदना प्रकट गरेका छन् । धरान पुखौली थलो भएका अग्रवालको परिवार ३० वर्ष अघि व्यापारको सिलसिलामा काठमान्डौ आई स्थायी बसोबास गरेको थियो ।