टेक्सस– तपाई बासुरी, सिक्न चाहनु हुन्छ, अब धन्दा मान्नु पदैन ,ड्यालसको टेक्ससमा तन्नेरी शास्त्रीय संगीतमा पोख्त युसुफमान श्रेष्ठ यसका लागी हाजिर छन् ।
टेक्ससको ड्यालस क्षेत्रमा उनी यतिबेला नेपाली शास्त्रीय संगीतको उत्थान र संरक्षणका लागी उनी बाँसुरी सिकाउन तत्पर भएका छन् । १३ बाजामा पोख्त युसुफमान सुरुमा शास्त्रीय संगीतका पारखीहरुलाई बाँसुरी तालिम दिन सुरुवात गरेका छन् ।
उनले बासुरी तालिमका लागी मासिक ५० डलर शुल्क राखेका छन् । बाँसुरी पछि उनले मादल , तबला, हार्मोनियम, धिमे लगायतका बाजाहरु क्रमशः इच्छुक प्रशिक्षार्थीहरुलाई सिकाउदै जाने लक्ष्य लिएका छन् ।


उनले प्रत्यक्षसंगै अनलाइन मार्फत पनि यी तालिमहरु पारखीहरुलाई संचालन गर्ने बताएका छन् । ‘नेपाली सस्कार र संस्कृतिको उत्थानका लागी विदेशमा भएर पनि यो पहल थालेको हुँ ,शास्त्रीय संगीतका धुरुन्दार प्रशिक्षक श्रेष्ठले भने– ‘तालिम मार्फत शास्त्रीय संगीतमा धेरैलाई पोख्त बनाई यी संगीतलाई बचाउनु पनि मेरो उद्देश्य रहेको छ ।’
उनले १५ वर्ष देखि नेपालका लोपोन्मुख मौलिक बाजाहरु बजाउदै संरक्षणमा लागीरहेका छन् । बाजा बजाउन उनी अमेरिकासंगै बेलायत, क्यानडा लगायतका मुलुकहरु पनि पुगेका छन् । उनले टेक्ससमा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरु मा समेत शास्त्रीय संगीतका बाजाहरु बजाउदै नेपालीहरुको मन जित्दै आएका छन् ।
काठमान्डौ सा“खुका स्थायी बासिन्दा युसुफमान सानै देखि शास्त्रीय संगीतमा रुची राख्दै त्यसको अभियानमा जुटेका थिए । अमेरिका आएर पनि उनी यी बाजाहरुको संरक्षणमा निरन्तर लागीरहेका छन् ।

 

 

ड्यालसमा सांस्कृतिक नाच लाखे पनि देखाउने

शास्त्रीय संगीतका पारखी युसुफमान लाखे नृत्यमा पनि अब्बल छन् । इन्द्रजात्रा लगायत विशेष समारोहमा देखाइने यो नृत्य अब टेक्ससमा हरेक समयमा नृत्य प्रस्तुत गर्ने भएका छन् ।
उनले यहाँका रेष्टुरेन्ट होटल तथा सांस्कृतिक तथा विभिन्न कार्यक्रमहरुमा उनले लाखे नाच देखाउने बताए ।

लाखे नाच देखाउनका लागी आयोजकहरुले उनी संगै अग्रिम सम्पर्क गरेर बुकिङ गर्न सक्नेछन् । लोप हुदै गएको लाखे नाचलाई संरक्षण गदै नया पुस्तालाई थप जानकारी दिन उनले यो नाचलाई सर्वत्र फैलाउन यो अभियान अघि सारेका हुन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected