टेक्सस– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासी प्रति कडोर निति अवलम्बन गदै गएका छन् । यही क्रममा अमेरिकाले थप ६ मुलुकलाई अमेरिकी प्रवेशमा प्रतिबन्ध लगाएको छ । अमेरिकाले तान्जेनिया, नाइजेरिया, सुडान, किर्गिस्थान, इरीट्रिया र म्यानमारलाई अमेरिकी यात्रामा प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हस्ताक्षर गरिएको उक्त घोषणा अनुसार यसको प्रभाव फेब्रअरी २२ देखि लागु हुनेछ ।
यी देशहरुलाई अब भिसा आवेदनमा समेत अकुश लगाउदै अमेरिका प्रवेश गर्नबाट वञ्चित गरिएको छ । सुडानर तान्जेनियाका नागरिकलाई डिभी लोटरी कार्यक्रममा भाग लिनबाट समेत रोक लगाइएको छ । बाइट हाउस द्धारा जारी गरिएको बयानमा यी मुलुकहरुले राष्ट्रिय सुरक्षा आवश्यकतालाई पुरा गर्न विफल भएको आरोप लगाइएको छ ।
बयानमा नया प्रतिबन्ध अनुसार व्यापार, पर्यटन यी देशका गैर आप्रवासी यात्रामा यो प्रतिबन्ध लागु हुने छैन ।
यस अघि पनि २०१७ जनवरी २७ मा पनि अमेरिकाले केही देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएका सात देशहरु सिरिया, इरान, लिबिया सोमालिया, यमन , उत्तर कोरिया र भेनेजुएला रहेका थिए । अब यी सुचीसगै अमेरिका प्रवेशमा थप ६ नया मुलुक पनि थपिएका छन् । ट्रम्प प्रशासनले मुस्लिम बहुल राष्ट्रलाई बढी मात्रमा अमेरिका यात्रामा प्रतिबन्ध लगाएको छ ।
अमेरिकी उच्च अदालतले पनि २०१८ जुनमा मुस्लिम बहुल देशलाई राष्ट्रपति ट्रम्पले लगाएको यात्रा प्रतिबन्धलाई सही ठहराएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected