टेक्सस–अमेरिकाको जनगणनामा नेपाली संगै एशियन मुलुकहरुको सहभागिता बढाउनु पर्नेमा आईतबार टेक्ससमा आयोजीत एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
एशियन अमेरिकन आइल्यान्डर कमिटिी (एपिआई) युलेसको फिस्टेल रेष्टुरेन्टमा आयोजीत कार्यक्रममा बोल्ने वक्ताहरुले एशियन मुलका विशेष गरी नेपाली, पाकिस्तानी, बंगलादेशीहरुको जनसंख्या अमेरिकी जनगणनामा ज्यादै न्युन देखिएकोले बढाउनु पर्ने बताएका हुन ।
अमेरिकी जनगणनामा कसरी बढी भन्दा बढी सहभागी गराई सही तवरले फारम भर्ने विषयमा पनि छलफल भएको थियो ।

कार्यक्रममा प्राध्यपाक प्रभात दिक्षितले जनगणनामा कसरी भाग लिने र जनगणनाको विविद्य पक्षका बारेमा चर्चा गरेका थिए ।
उनले सन् २०१० को जनगणनामा नेपाली सहभागिता भएर पनि फारम भर्दा त्रुटीका कारण सहभागिता कम देखिएको बताए । फारम भर्दा एशियन छानेर नेपालीमा चिन्ह लगाउनु पर्ने बताउदै यही दोधारका कारण धेरैले एशियनमा मात्रै चिन्ह लगाउदै नेपालीको बास्तविक जनघनत्व नदेखिएको प्रष्टाए ।

जनसख्या हेरेर नै अमेरिकामा बैकले ऋण दिने देखि सरकारी सुविधा दिइने भएको समुदायको जनसंख्याले महत्व राख्ने बताए । राजनितिक समाजिक तथा आर्थिक लगायत सबै पक्षसंग जनसख्या जोडिएको हुन्छ उनले भने– यस अर्थ जनगणनामा सहभागी भएर मात्र हुदैन फारक भर्दा सही ढंगले गरिएन भने नेपाली समुदायको बास्तविक जनसंख्या पत्ता लाग्दैन ।’

कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्माले जनगणनामा विषयमा बनेको नेपाली भिडियो प्रस्तुत गदै जगणनामा नेपाली सहभागिता बढाउने विषयको विविध पाटो माथि प्रकाश पारेका थिए ।

कार्यक्रममा पाकिस्तानी समाजका अगुवा फयाद हसन, अफताब लगायतले सन् २०१० मा एशियन मुलको जनसंख्या ज्यादै न्युन देखिएकोले सन् २०२० मा त्यो संख्या बढाउनुपर्नेमा जोड दिए । उनले एशियनहरुको जनसंख्या कम भएको बारेमा प्रष्टाएका थिए ।
कार्यक्रममा नेपाली समाज टेक्ससका अगुवा देखी पाकिस्तानी, तथा बंगलादेशी समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected