-रन्जु मार्ग
लेखनै सकिन देशको गीत, मुटु चिरा परेको छ ,
मिच्यो सिमाना छिमेकीले ,गोलि छातीमा छिरेको छ ।
बोल्दैनन किन ,सुल्झाउदैनन किन ,सन्धिका गाँठाहरु ?
देख्दछु कालो त्यसैमा खोट ,बताउँ के म अरु ?
सत्ताको लोभमा बेचेकी कसो ? हाम्रो कालापानी
काँपेन किन तिनका मुटु ,?रुदैछ नालापानी ।
कसरी भनुँ वीर गोर्खाली ?,पहरा जस्तो छ छाती ,
शत्रुको सामु नझुक्ने कहिलै ,नेपाली वीर जाती !!
- न्युयाेर्क,अमेरिका
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...