टेक्सस– संसारकै धनी व्यक्ति तथा अमेजनका मालिक जेफ बेजोसको निजी जीवनको विवाद बेला बेलामा भिडियामा छँइरहन्छ । यसपटक पनि उनको निजी जीवनसंग सम्बन्धीत एउटा कुरा बाहिर आएको छ । निजी जीवनसंगको विवादले उनी कानुनी झमेलामा फसेका छन् ।
उनकै प्रेमिका संगको अन्तरंग क्षण, फोटो र केही कुराकानीको अंश सहितको टेक्स्ट म्यासेज अमेरिकाको नेशनल इन्क्वायरर पत्रिकामा प्रकाशित भएपछि विवाद बाहिर आएको हो ।
बेजोसले आफनो प्रेमिका लारेन सांचेजका भाई माइकल सांचेज माथि फोटो र म्यासेज अखबारमा बेचेको आरोप लगाएका छन् । माइकले यसलाई गलत आरोप भन्दै बेजोसको विरुद्ध अदालतमा मानहानीको मुद्धा दायरा गरेका छन् ।

एफबीआई जा“चको रिपोट अनुसार माइकलले अखबारमा फोटो र म्यासेज उपलब्ध गराए वापत २ लाख डलर मिलेको बताईन्छ । रिपोर्टमा लारेनले नै आफनो भाइलाई फोटो र म्यासेज उपलब्ध गराएको र माइकले अखबारमा बेचेका थिए ।
नेशनल इन्क्वायरर पत्रिकाका अनुसार बेजोसले लारेन संग विवाहेत्तर सम्बन्ध राखेपछि पत्नीसंग सम्बन्ध बिच्छेद भएको थियो । त्यसपछि बेजोस लारेनसंग लिब इन रिलेशनसिपमा बस्दै आएका थिए । माइकलेले बेजोसको आरोपले उनलाई नोक्सान भएको बताएका छन् ।
बेजोसले आफु विरुद्ध लागेको आरोपको बारेमा अहिले सम्म केही प्रतिकृया जनाएका छैनन । तर लारेनका भाईले दायर गरेको मुद्धालाई आधारहिन र झुठो भएको बताएका छन् ।

(एजेन्सीकाे सहयाेगमा)

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected