टेक्सस–साहित्यकार सर्वज्ञ वाग्लेको कृति पुर्नवासको एक कार्यक्रम बीच प्रज्ञाभवन काठमान्डौमा लोर्कापण भएको छ ।
नेपाली काग्रेसका नेता रामचन्द्र पौडेलले कृतिकार बाग्लेको पुर्नबास उपन्यासको लोकार्पण गरेका हुन । नेता पौडेलले कृतिको लोकार्पण गदै साहित्य राजनिति भन्दा फरक र जीवन्त विषय भएको कुरामा प्रष्ट पारेका थिए ।
कार्यक्रममा कृतिको समिक्षा गदै सभासद बद्री पाण्डेले सिमा क्षेत्रको विषयमा उपन्यासले गहन ढंगले उठाएको बताए ।
अहिले नेपाल र भारत बिच भएको सिमा विवादको विषयलाई समेत उपन्यासले उठान गरेकाले कृति सग्रहणीय भएकोमा बोल्ने वक्ताहरुले जोड दिएका थिए ।
साहित्यकार कृष्णा धराबासीले उपन्यासको केही पक्ष कमजोर भए पनि उपन्यासमा प्रयोग भएका बिम्बहरुले कृतिलाई ओझीलो बनाएको बताएका थिए ।
कृतिकार बाग्लले कञ्चनपुरको सिमा क्षेत्रको स्थलगत अध्ययन पछि नै उपन्यास लेखे र उपन्यास जीवन्त बनेको छ ।
अमेरिका बस्दै आएका उपन्यासकार वाग्ले एनआरएनए अमेरिकाका क्षेत्रीय उपाध्यक्ष समेत हुन । शिखा बुक्ले बजारमा ल्याएको वाग्लेको यो पा“चौ कृति हो ।
भारतले नेपालको सिमा मिचेर दादागिरी देखाइरहेको बेला बाग्लेको यो सिमा सम्बन्धी उपन्यास हरेकका लागी पठनिय र सग्रणीय बनेको छ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...