टेक्सस– अमेरिकाको क्यालिफोर्नियामा सोमबार बिहान एउटा बस भित्र बन्दुक हमला हुदा“ एक जनाको ज्यान गएको छ । घटनामा पा“च जना घाइते भएको जनाइएको छ । घाईतेहरुलाई उपचारका लागी अस्पताल पुयाएको छ । घाइते मध्ये एकको अवस्था गंभीर रहेको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् ।
लस एन्जल्सबाट सान फ्रान्सिसको जादै गरेको बसमा एक सदिंग्धले गोली चलाएका थिए । बसमा ४० यात्रु सवार रहेका थिए । लस एन्जलसबाट झण्डै ८० माइल दुरीमा उक्त घटना भएको हो । घटना लगत्तै बसका चालकले सदिंग्धलाई बसबाट ओरालेका थिए । बसबाट ओराल्ने क्रममा हमलाबारीले बन्दुक बसभित्र छाडेको बताईन्छ ।
क्यालिफोर्नियाका हाइवे पेटोलका संचार सुपरभाइजर स्टीव लोफ्टसले आक्रमण गर्ने सदिंग्धलाई हिरासतमा लिएको बताएका छन् ।
ह्मला के कारणले भएको हो अहिले सम्म केही पत्ता लागेको छैन । पक्राउ परेका आरोपीसंग प्रहरीले सोधपुक्ष गरिरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected