टेक्सस– बढ्दो युद्धको खतरालाई मध्यनजर राख्दै अमेरिकाले एउटा नया परमाणु हतियार तैनाथ गरेको छ ।

इरान संगै बढ्दै गएको तनावका बीच अमेरिकाले आफनो परमाणुमा नया हतियार सामेल गराएको हो ।
कम क्षमताको डब्लु ७६–२ नामको यो परमाणु बमलाई लामो दुरी सम्म हान्ने मिसाइल संग तैनाथ गराइएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको परमाणु हतियारमा भएको रुचीलाई मध्यनजर राखेर डब्लु ७६–२ लाई तैनाथ गराइएको छ । अमेरिकी रक्षा विभागले समेत यो नया हतिययारको पुष्टि गदै यसले अमेरिकी नागरिक बढी सुरक्षीत हुने र परमाणु युद्धको आशंका कम हुने बताएको छ ।
तर यसलाई विपक्षी डेमोक्रेटिकले भने यो कदमको कडा आलोचना गरेको छ । यो हतियार तैनाथले युद्धको खतरा बढेर जाने बताएको छ ।
समाचार स्रोतका अनुसार गत डिसेम्बर अन्तिम सप्ताह एटलान्टिक महासागरमा युएसएस टेनेसी बाट यसको तैनाथी सुरु गरिएको थियो ।
यो नया हतियारले रुसको सिमित परमाणु युद्ध गर्नलाई रोक्न समेत मदत गर्ने विश्वास गरिएको छ ।
विज्ञहरुका अनुसार यो परमाणु बमको तौल पा“च किलो टन भएको अनुमान गरिएको छ । यो बम दोस्रो विश्वयुद्धमा अमेरिकाले जापनको हिरोशिमा सहरमा खसालेको लिटिल ब्याई परमाणु बम एक तिहाई कम शक्तिशाली भएको बताईन्छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected