अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सैनिकलाई फिर्ता ल्याउने बताएका छन् ।
राष्टं«पति ट्रम्पले एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा यस बारेमा कुनै समस्या नरहको बताएका हुन ।
उनले तालिवानसंगको शान्ति संम्झौतापछि अमेरिकी सैनिकले अफगानिस्तानको आन्तिरक मामिलामा कुनै दखल नदिने समेत प्रष्टाए ।
तालिबानसंग पछिल्लो साल सेप्टेम्बरमा आत्मघाती हमलामा अमेरिकी सैनिकको ज्यान गएपछि ट्रम्पले वार्ता रोकेका थिए । त्यस लगत्तै नोभेम्बरमा उनले वार्ता सुरु गर्ने घोषणा गरेका थिए ।
उनले अफगानिस्तानमा अमेरिकी सैनिकहरुको अवस्था बलियो रहेको समेत बताएका छन् । उनले तालिवानसंग शान्ति वार्ता समेत चलीरहेको बताए । उनले अमेरिकी सैनिकको प्रशंसा गदै भने– ‘हाम्रो सैनिक सबै भन्दा राम्रा छन् , कुशल छन् ।’
अमेरिकी सैनिक जित्नका लागी लडने भएकोले फेरी उनिहरु लडन नचाहेको समेत उनले प्रष्टाए । उनले हर तरहले युद्ध समाप्त गदै आफना सैनिकलाई फिर्ता ल्याउन चाहेको बताएका छन् । अफगानिस्तानमा अहिले अमेरिकाका झण्डै १४ हजार सैनिक रहेको समाचार एजेन्सीहरुले बताएका छन् ।
राष्ट्रपति ट्रम्पले पश्चिम एशियामा चलीरहेको युद्ध समेत समाप्त गर्ने आशय व्यक्त गरेका छन् । उनले तीन वर्ष पहिला आइएसबाट इराक र सिरियाको झण्डै ५२ हजार वर्ग किलोमटिर क्षेत्र कब्जा थियो तर अहिले आइएसका बग्दादी मरिसकेको बताए ।
तर उनले यसो भने पनि इरानसंगको तनाव भने थप बढेर गएको छ । नया परमााणु हतियार समेत अहिले सार्वजनिक गरेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected