सभामुख न्यान्सीले राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषणको कागज च्यातेपछि…..
टेक्सस– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी संसदकाे तल्लाे सदनकी सभामुख नेन्सी पेलोसीको संसदको संयुक्त सभामा भएको एउटा भिडियो र फोटो भाइरल भएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्षिक कार्यक्रम अनुसार स्टेट अफ द युनियनलाई संबोधन गर्ने क्रममा सभामुख पेलोसीले राष्ट्रपति ट्रम्पको लिखित भाषणको कागजलाई च्यातेको यतिबेला अन्तराष्ट्रिय संचारमाध्यममा भाइरल भएको हो । यो फोटो र भिडियो सामाजिक संजालमा छाएको छ । यस विषयमा कतिले राष्ट्रपतिलाई सम्मान नगरेको भन्दै सभामुखको आलोचना समेत गरेका छन् ।
अमेरिकी संसदको संयुक्त सभालाई संबोधन गर्न पुगेका ट्रम्प संग हात मिलाउन सभामुख पेलोसीले हात बढाइन तर उनले हात मिलाएनन । यो देखेपछि पेलोसीको अनुहार केही बदलियो ।
ट्रम्पले उनलाई आफनो लिखित भाषणको कागज दिएपछि संबोधन गर्न पट्टी लागे । त्यही बेला पेलोसीले ट्रम्पले दिएको भाषणको कागजको पाना एक साथ जोडीन र टुक्रा टुक्रा पारेर च्यातिन । जबकी पेलोसी ट्रम्पको ठिक पछाडी थिइन । यो घटना पुरै क्यामेरामा कैद भइसकेको थियो । उनले ट्रम्पको संबोधनका क्रममा बिरोधीलाई निशाना बनाउदै वाण हानेपछि पोलेसी आक्रोसित थिइन । उनले ट्रम्पले हात नमिलाएर बेबास्ता गरेको झोकमा भाषण कागज च्यातेको हुन सक्ने अनुमान गरिएको छ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...