३२८ दिन अन्तरिक्षमा रहेर पृथ्वीमा फर्किन अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोच

अमेरिका– अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोच लामो समय सम्म अन्तरिक्षमा रहने रेकर्ड कायम गदै पृथ्वीमा फर्किएकी छिन् ।
अन्तरिक्षमा क्रिस्टिना कोचले ३२८ दिन बिताएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । महिला दल समावेश यो अन्तरिक्ष यानले ‘स्पेशवाक’ को नेतुत्व लिएका थिए । अन्तरिक्ष यानकै इतिहासमा स्पेशवाकमा महिलाको समुह अन्तरिक्ष स्टेशन बाहिर पुगे ।
नासाका अनुसार महिला नेतृत्वले अन्तरिक्षमा ३२८ दिन बिताए । यो क्रममा उनीहरुले पृथ्वीमा ५ हजार २ सय ४८ चक्कर लगाए । १३.९ करोड किमीको दुरी पार गरे । अन्तरिक्ष यात्राका क्रममा धेरै प्रकारका वैज्ञानिक प्रयोग पनि गरिएको छ । नासाका अनुसार अघिल्लो रेकर्ड अन्तरिक्ष यात्री पेगी बिटसन नामको थियो । बिटसनले २०१६२०१७ को दौरान स्टेनश कमान्डरको रुपमा २८८ दिन सम्मम अन्तराष्टिय अन्तरिक्ष स्टेशनमा रहेको थियो ।
यो मिसनको दौरान वैज्ञानिकहरुलाई भविष्यमा चन्द्रमा तथा मंगल मिशन तथा गुरुत्वाकर्षण स्पेश रेडिएसनमा महिलाहरुको शरीरमा पर्ने प्रभावलाई लिएर महत्वपुर्ण डाटा प्राप्त भएको नासाले जनाएको छ ।
यो पनि आगामी दिनमा थप वैज्ञानिक अध्ययन र अनुसन्धान हुने जनाइएको छ । ४१ वर्षीया क्रिस्टिना कोचका लागी यो अति नै व्यस्त मिसन रहेको थियो । जसबाट भविष्यमा चन्द्रमा तथा मंगल मिसनको महत्वपुर्ण डाटाहरु प्राप्त र्भएको छ ।