प्राज्ञ मञ्चको अध्यक्षमा डाक्टर विष्णु प्रसाद पौडेल

प्राज्ञ मञ्चको अध्यक्षमा डाक्टर विष्णु प्रसाद पौडेल
पोखरा ४ असोज
नेपाल प्राज्ञ मञ्च, पोखराको चौथो अधिवेशनवाट प्रा.डा.विष्णुप्रसाद पौडेलको अध्यक्षतमा सर्वसम्वत नयाँ कार्य समितिको निर्वाचीत भएका छन् । मञ्चको उपाध्यक्ष प्रा.डा.विकासकुमार के.सी., सचिव डा.गिरधारी दाहाल, सहसचिव डा.जगन्नाथ रेग्मी, कोषाध्यक्ष डा.दीर्घमान गुरुङ, सदस्यहरु क्रमश ः प्रा.डा. इन्द्रप्रसाद तिवारी, प्रा.डा.वीरवहादुर खनाल, डा.राधाकुमारी भण्डारी, डा.कृष्णप्रसाद भण्डारी,डा.अनन्त ढुङ्गाना र डा.कपिल अधिकारी रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी संस्थापक अध्यक्ष प्रा.डा.पशुपतिनाथ तिमिल्सेनाले प्राज्ञहरुले आर्जन गरेको विशेष ज्ञान, सिप र कौशललाई समय सापक्ष मुलुक र जनताको हितमा प्रयोग गर्नु पर्ने कुरामा विशेष जोड दिदी शैक्षीक वातावरणलाई सवैको सहज पहुचमा लानु पर्ने वताए । कार्यक्रममा शुभकामना मन्तव्य प्रा.डा. विश्व श्रेष्ठ, प्रा.डा. भवानी पाण्डे, प्रा.डा.अक्कलदेव मिश्र, डा.कपिल अधिकारी आदिले नयाँ कार्य समितिले नविन सोच, विचार अनुसन्धानका आधारमा सृजना गरेका ज्ञान उन्नत र विभेद रहित समाजको निर्माण गर्न अग्रसर बनाउन सकोस भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो ।
प्राज्ञहरुले राजनीति भन्दा माथि उठी सार्वजनिक हितका लागि कार्य गर्नु पर्ने जस्ता प्रस्तावहरु समेत पारित गरी अधिवेशन सम्पन्न भएको थियो । संस्थाका निवर्तमान अध्यक्ष प्रा.डा.विश्वकल्याण पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन निवर्तमान सचिव डा.बासुदेव भण्डारीले गर्नु भएको थियो ।