टेक्सस– नेपाली समाज टेक्ससद्धारा आईतबार देखि सुरु हुन लागेको नेपाली भाषा पाठशाला सम्बन्धी अभिभावकहरु संग भाेली दिउसाे अन्तक्रिया हुने भएको छ ।
भाषा पाठशाला के कसरी संचालन हुदैछ र अभिावकहरुसंग राय सल्लाह र छलफल गर्न  नेपाली समाजकाे सभाहलमा अन्तक्रिया गर्न लागीएको हो ।
‘पाठशाला संचालन हुनु अघि हामीले अभिभावकहरु संग केही छलफल गर्नेछौ’ पाठशालाका प्रिन्सिपल बिजयराज भट्टराईले भने–‘पाठशाला संचालनका योजनाहरुको बारेमा हामीले पनि अवगत गराउनेछौ ।’
उनका  अनुसार यसपटकको पाठशाला केही नया परिमार्जित सहित संचालन गर्न लागीरहेका छौ ।
पाठशालामा नेपाली, नैतिक शिक्षा र गणित विषय बालबालिकालाई सम्बन्धीत विषयका शिक्षकबाट पढाइदैछ ।
मे १० सम्म संचालन हुने भाषा पाठशालामा अहिले सम्म १२५ जना बालबालिकाले नाम दर्ता गराइसकेका छन् । यतै जन्मेका र नेपालबाट सानै उमेरमा अमेरिका आएका बालबालिकाले नेपाली भाषा बोल्न र लेख्न छाड्दै गएपछि समाजले केही वर्ष देखि नियमित रुपमा नेपाली भाषा पाठशाला संचालन गदै आएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected