ट्रिनिटी ब्लुबर्डमा नेपाली तथा भारतीयका लागी स्पाइसी ग्रिल एन्ड बार सुरु

टेक्ससमा नेपालीहरुको बाक्लो बसोबास संगै यहा“ नेपालीहरुले संचालन गरेको व्यवसायी पनि फस्टाउदै छ ।
नेपालीहरुले रेष्टुरा ग्यासस्टोर तथा सौन्दर्य व्यवसायीमा लगानी गर्ने पनि बढेर गएको छ । टेक्ससको ड्यालस र फोर्थओर्थ क्षेत्रमा नेपालीहरुले संचालन गरेको रेष्टुरा व्यवसायी पनि बढीरहेको छ । यसै क्रममा आईतबार ट्रिनिटी ब्लुबर्ड फोर्थ ओर्थ क्षेत्रमा स्पाइसी ग्रिल एन्ड बार इन्डियन तथा नेपाली क्युसिनोको औपचारिक उद्घाटन भएको छ ।
रेष्टुराको उद्घाटन स्टेट डेलिगेट्स टेरी मेजाले गदै व्यवसायिक सफलताको कामना गरिन । उद्घाटन कार्यक्रममा सिटी युलेस मेयर प्रोटिभ जर्मी हरकिन्स, लेखक वफ हरिकन्स, पुर्व डिस्टिक गर्भनर फ्रेन्क पिकेन्स, प्राध्यापक डा प्रभात दिक्षित, नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष विकाशराज न्यौपाने, रेष्टुराका संचालक राम सि पोखरेल, सृजना शर्मा पोखरेल लगायतले मन्तव्य राखेका थिए ।
न्युयोर्कमा लामो समय रेष्टुरा व्यवसायमा लागेको मोहन ज्ञवालीको अनुभवका आधारमा ज्ञवाली संगै राम सि पोखरेल, सकुल खत्री, तथा धिरेन भारीको लगानीमा रेष्टुरा संचालनमा आएको हो । न्युजर्सिमा १२ वर्ष सेफ भएर काम गरेका रुपेश लामा रेष्टुराका प्रमुख सेफ हुन ।
अमेरिकन एयरलाइन्सको हेडक्वाटर रहेको स्थान संगै वरिपरि कुनै इन्डियन तथा नेपाली रेष्टुरा नभएकोले हरेकको मागलाई पुरा गर्न रेष्टुरा संचालनमा ल्याइएको संचालक राम सि पोखरेलले जानकारी दिए । रेष्टुरामा क्याटरिङ डाइनिङको सुविधा संगै १७० जनाले एक साथ पार्टि गर्ने क्षमता रहेको पोखरेलले बताए । त्यस्तै डेलिभरिका लागी उभरइट, डोरड्यास तथा ग्रपहफको समेत व्यवस्था रेष्टुराले गरेको छ ।