अमेरिकामा बढ्दैछ छोराछोरी र बाबुआमा बीचकाे दुरी

शिव शर्मा
अमेरिका–पाँ च वर्षीय छोरो च्यापेर २० वर्ष अघि समीर पाेख्रेल दम्पत्ति सुनौलो सपना बुन्दै अमेरिका आईपुगेका थिए । सुरुवाती दिनहरु उनिहरुकालागी निकै चुनौतीपुर्ण रह्यो । उताको सहसचिव स्तरको जागीर छाडेर अमेरिका आइपुगेका उनलाई सुरुमा त्यो ग्रिनकार्ड निल्नु न ओकल्नु जस्तै भयो । उनले सोच जस्तो केही भईदिएन ।
उचाई चुमीसकेको उनको सरकारी जागीर यता आएर फेरी फेदबाट थाल्नु प¥यो । एक मनले त उनलाई स्वदेश नै फर्को जस्तो भयो । कोपिला सरीको त्यो छोरो नियाले । उसकै भविष्य सम्झिए । छोराको भविष्य सम्झदै बिस्तारै भिज्न थाले अमेरिकी जीवनशैलीमा । धेरै सास्ती झेलेका यी दम्पत्ती ६५ औ बुढ्यौली उमेर नाघिसक्दा पनि अझै हाड घोटीरहेका छन् । आइटी इन्जिनियर भइसकेको छोरो अमेरिकाको अन्यत्र राज्यमा श्रीमतिसंगै बस्दै आएको छ । यता खत्री दम्पत्ति भर्जिनिया राज्यतिर छन् । छोरालाईसंगै बसौ भनेर अनुनय गरे पनि मानेनन उनी भन्दै थिए– ‘छोरासंग भेटघाट हुन पनि मुस्किल छ, धेरै वर्ष भयो भेटन पनि आको छैन ।’ जीवन निर्वाहकालागी दम्पत्ति स्टोरतिर काम गरिहेका छन् ।
यो त एउटा उदाहरण मात्रै हो । नेपाली समुदायमा बाबुआमा तथा छोराछोरी यसरीनै एक अर्कोबाट टाढिएर बस्ने क्रम बढेको छ ।
कतिपय जागीरको सिलसिलाले छुटिएका छन् भने कतिपय आफुखुशी नै अभिभावकबाट छुटिएर बेग्लै बस्ने गर्छन् । यसरी बाबुआमा र छोराछोरी बीचको दुरी दिनप्रतिदिन बढाउदै लगेको छ । पति–पत्नी बिचको सम्बन्धविच्छेदका कारणले छोराछोरीमा त्यसको नकारात्मक प्रभाव परेको छ । धेरैले यसलाई अमेरिकी संस्कृतिको उपजको रुपमा व्याख्या गदै आएका छन् । अमेरिकी रैथानेहरुको पारिवारिक अवस्था हेर्दा बाबुआमा र छोराछोरी मात्रै हैन श्रीमान –श्रीमति समेत बेग्ला बेग्लै बस्दै आएका प्रशस्त उदाहरण छन् । प्राय अमेरिकन युवाहरु १८ वर्ष पुगेपछि बाबुआमाबाट नै बेग्लै बस्ने गर्छन् ।
अफ्रिकन मुलकबाट टेक्सस आइपुगेका मुबुवा ३० वर्षका भए । १८ वर्षकै हुदा“ ऊ बाबुआमाबाट छुटिएर बेग्लै बस्दै आएका रहेछन् ।किनसंगै नबसेको भन्ने एक प्रश्नमा उनले भने–‘एक्लै बस्दाको जस्तो स्वतन्त्रता परिवारमा बस्दा हुदैन ।’ उनले विहे समेत नगर्ने बताए । उनकै भाई १७ वर्षमा घर छाडेर हिडेका रहेछन् । अहिलेसम्म उनी परिवारको सम्पर्कमा नआई बेग्लै बस्दा रहेछन् ।अमेरिकनहरु भिन्दा– भिन्दै बस्ने मात्र हैन कतिपयले यसरीनै विवाह नगरी एकल जीवन बिताउदै आएका छन् । वैवाहिक जीवन पनि कतिपयको सफल नभएपछि बेग्लै बस्ने गरेको पाईन्छ । धेरै अमेरिकन बुद्धबृद्धाहरु ढाड कुप्राउदै काम गरिहेको र एक्लै बसेको छरछिमेकमा हामीले प्रशस्तै देखेका पनि छौ । नजिकबाट उनिहरुको जीवन नियाल्दा निकै कष्टपुर्ण तवरबाट गुज्रिरहेको जस्तो देखिन्छ । यी यस्तै संस्कृतिको सिको गर्ने क्रम नेपाली समुदायमा पनि बढ्दो छ ।
नेपाली समुदायमा बाबुआमा र छोराछोरीको दुरी बढ्नुमा हाम्रा आ–आफना कमजोरीहरु पनि त्यतिकै छन् । आफनो भाषा र संस्कृतिको बारेमा छोराछोरीलाई अवगत नगराउनु र अमेरिकन शैलीमै ढाल्न खोज्ने प्रवृत्तिले पनि पारिवारिक दुरी बढाउन मदत गरेको छ । अमेरिकामा नया पुस्ताका बच्चाबच्चीका लागी अंग्रेजी भाषाको कुनै समस्या हुदैन ।तर अभिभावकहरु कतै मेरा छोराछोरीले अंग्रेजी जान्दैन कि भनेर घरभित्र पनि अंग्रेजी भाषामै बोलचाल गर्ने गरेको पाईन्छ । आफनो भन्दा बढी यताको कल्चरको बारेमा उनिहरुलाई घुलमिल गराईन्छ ।क्रिसमस, थ्याङस गिभिङ लगायतका् बारेमा परिचित बालबालिकालाई नेपाली संस्कृति प्रति आकर्षित कमै गराएको पाईन्छ ।कतिपय अभिाभावकलाई भने यतैको भूत सवार भइसकेको पनि हुन्छ । यतै जन्मेका र सानैमा अमेरिका आएका नेपालीका कतिपय छोराछोरीहरु फिटिक्कै नेपाली बोल्दैनन् । नेपाली बोल्न कतिपय अभिभावकले पनि उत्प्रेरित गरेको पाईदैन । केही समय अघि नेपाल समाज टेक्ससले संचालन गरेको नेपाली भाषा पाठशालामा केही भाइबहिनीसंग कुरा गरेको थिए । पाठशालामा सहभागी केही राम्रोसंग नेपाली बोल्न जान्दैनथे । बोल्नेहरुको पनि नेपाली भाषा प्रष्ट थिएन । मुल रुपमा के भने घरभित्रै हामीले आफना छोराछोरीलाई अंग्रेजी भाषासंगै विदेशी संस्कृतिलाई मात्रै गर्व गर्ने संस्कारलाई प्रोत्साहित नगरौ, स्थानिय सामाजिक अभियान्त शिव काफ्लेले भने-‘बच्चा बच्चीकाे भविष्यकाे सिकाई हाम्राे हातमा पनि केहि निर्भर छ ।’
।अंग्रेजी भाषा र अमेरिकाको संस्कृति त उनिहरुले स्कुले शिक्षामानै हासिल गर्न सक्छन् । सानैदेखि अभिभावकले आफनो भाषा र संस्कारको बारेमा छोराछोरीलाई भिजाउदै लगेको खण्डमा केहीहदसम्म उनिहरुसंगको दुरी पछिसम्म पनि नजिक बनाउन मदन गर्छ जस्तो लाग्छ ।
केही महिनाअघि एक मित्रले मसंग आफनो लक्का जवान छोरोको गुनासो गदै भनेका थिए–‘छोरोपनि अहिले बेग्लै अर्पाटेमन्ट लिएर बस्न खोजीरहेको छ । किन एक्लै बस्नु प¥यो भन्दा उसले मान्दैन ।’ उनको प्रश्नको उत्तर मसंग थिएन । हुन त सुरुमा म आफै अमेरिका आउदा पनि मलाई धेरैले सुल्झाएका थिए । बच्चाबच्चीलाई राम्रो संस्कार सिकाउनु ।
भोली जवान भएपछि छाडेर हिडने र बाबुआमाको सम्मान नगर्ने हुन्छन् । उनको कुराले केही सोच्नमग्न बनाए पनि छोराछोरी प्रतिको कर्तव्य आफुले निर्वाह गर्न चुक्नु हुदैन भन्ने लाग्यो । त्यसो त हामीले छोराछोरीबाट आशा गर्ने त केही हैन । केवल हामीलाई उनिहरुलाई आफनो खुट्टामा उभिन सक्ने बनाउने हो । हामीले पनि आफना बाबुआमालाई के कति गर्न सकियो त्यसको पनि त आत्मसमिक्षा गर्न सक्नुपर्छ । यसो भनिरहदा बाबुआमा र छोराछोरी बीचको दुरी बढ्नु पर्छ भन्ने चाही कदापी हैन । दुरी ्बढ्नु कदाचित राम्रो हैन । हाम्रो संस्कारमा बाबुआमा र छोराहरु छुटिएर बस्नुलाई सहज रुपमा लिईदैन । हुन त स्वदेशमा पनि अभिावक र छोराछोरी छुट्टै बसेका प्रशस्तै देखिन्छन् । यो अमेरिकी सहरमा यो समस्या नेपाली समुदाय माझ भने बिकराल बन्दैछ । परिवारमा यसले बिचलन र बेमलको अवस्था समेत सृजना गदै लगेको छ । बुढ्यौली उमेरमा आएर अभिभावकहरु छोराछोरीबाट एक्लिन बाध्य भइरहेका छन् ।पछिल्लाे समयमा केही अभिाभावकहरु आफना सन्तानलाई आफनो संस्कार र संस्कृति प्रति दायित्वबोध गराउने उद्देश्यले स्कुले शिक्षा नेपालमै दिने क्रमपनि बढीरहेको छ ।
सबै बाबुआमाका छोराहरु परिवारबाट एक्लिएर बस्छन् भन्ने यो लेखकको आशय पनि हैन । यतै जन्मेका सन्तान पनि आफनो भाषा, संस्कार तथा संस्कृतिप्रति दायित्वबोध गदै बाबुआमासंग बसेर सेवामा तल्लिन हुनेहरु पनि छन् ।सानैदेखि घरमै सिकाइने संस्कारले पनि बालबालिकामा त्यस्तै प्रभाव पार्छ ।
अमेरिकामा बसोबास गर्ने अधिकांश बाबुआमाको चिन्ता छोराछोरीले आफनो भाषा, रितिरिवाज तथा संस्कार नभुलुन भन्ने पिरोलोले सताउने गर्छ । बेग्लै बसे पनि आफनो संस्कार नभुलुन भन्ने चाहना हरेक बाबुआमामा हुन्छ । यसका लागी हामीले स्कुल तथा कलेज बाहेकको समय घरभित्र आ–आफना सन्तानलाई आफनो संस्कार प्रति उत्तरदायित्व बनाउनैपर्छ ।
समय–समयमा स्वदेशमा लैजाने र त्यहाँको वातावरणमा घुलमिल गराउदा पनि बालबालिकाले पछि गएर पनि त्यस्तै प्रवृत्तिको संस्कार सिक्छन् । सानैबाट बालबालिकालाई कुन बाटोमा लैजाने र सिकाउने भन्ने महत्वपुर्ण भुमिका अभिभावकको पनि हुन्छ । छोराछोरी र बाबुआमाको दुरी कम गराउन दुवै पक्ष आ–आफनो ठाउमा जिम्बेबार र उत्तरदायित्व भुमिका बहन गर्नेपर्छ ।