अमेरिकाले बढायो उत्तरकोरियासंग कोरोनाभाइरससंग लडन मित्रताको हात
अमेरिका–अमेरिका र उत्तर कोरिया बीच तनाव बढीरहेका बेला त्यसमा मल्हम लगाउन ट्रम्प प्रशासनले कोरोनाभाइरस नियन्त्रणका लागी सहायताका लागी हात बढाएको छ ।
अमेरिकाको यो सहायता यस्तो समयमा आएको छ की उत्तर कोरियाले अमेरिकी नागरिकहरुलाई यात्रा प्रतिबन्ध लगाइरहेको अवस्था छ । यसका साथै परमाणु कार्यक्रमलाई लिएर दुई देशका बीच तनाब पनि बढीरहेको छ ।
अमेरिकी विदेश विभागका प्रवक्ता मार्गन आर्टगसले उत्तर कोरियामा फैलिएको कोरोनाभाइरस प्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । यो भाइरस चीनबाट उत्तरकोरिया पुगेको हो । उनले अमेरिकाले फैलिएको कोरोनाभाइरस नियन्त्रणका लागी सहायतका समुहलाई सघाउने बताएका छन् । उनले यसका लागी अमेरिकाले सहयोग र सुविधाका लागी तत्पर रहेको बताएका छन् ।
उता उत्तर कोरियाली तानाशाह किम जोङले भने चीनबाट फर्किने सबैलाई कडा नियम बनाएका छन् । उनिहरुलाई निगरानीको केन्द्रमा राखेका छन् । उनिहरुलाई सार्वजनिक स्थानमा जान समेत रोक लगाइएको छ ।
पछिल्लो जानकारी अनुसार चीनमा कोरोनाभाइरसबाट १ हजार ३ सय ६७ जनाको ज्यान गइसकेको छ । ५९ हजार ८ सय ४ जना यसबाट सक्रमित भएका छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...