शिव शर्मा

टेक्सस– विश्व चर्चित रियालिटी शो अमेरिकन आइडलमा एक नेपाली तन्नेरी पुगेका छन् । उनी अडिसनमा छानिएर अमेरिकन आइडलको दौडमा लम्किएका हुन । उनी हुन २१ वर्षिय दिवेश पोखरेल अर्थात आर्थर गन । उनी गायनमा आर्थर गन नामले उनी चिनिन्छन् ।
नेपाली समुदायबाट यसरी विश्व चर्चित गायन प्रतिस्पर्धाको अडिसनबाट छानिएर अघि बढेका हुन । याे ईतिहास पनि हाे ।
अध्ययनका लागी अमेरिका आएका पोखरेल का केही एल्बम पनि बजारमा आइसकेका छन् । तर पनि उनी चर्चामा छैनन ।
विदेशी मिडियाहरुले भने उनलाई महत्व दिएर समाचार बनाएका छन् ।


अमेरिकन आइडलमा छानिएर अघि बढेपछि उनको चर्चा चुलिएर गएको छ । उनका गीतहरु एप्पल आइट्युनमा पनि सुन्न सकिन्छ । अमेरिकको कन्सास  राज्यमा बस्दै आएका पोखरेल ६ वर्ष अघि मात्रै विद्यार्थी भिषामा अमेरिका आएका हुन ।
निकै प्रतिभावान पोखरेलाई सबैको सहयोग पाएमा अमेरिका आइडलमा माथिल्लो श्रृखला सम्म पुग्ने अपेक्षा राखिएको छ । अडिसन राउन्डमै उनलाई जजले प्रतिकृया दिदै उनमा भविष्यको ठुलो गायक बन्ने प्रचुर रहेको संभावना रहेको प्रतिकृया दिएका छन् ।
पोखरेललाई नजिकबाट चिनेकी क्यालिफोर्नियाकी सुप्रिया श्रेष्ठले उनको अग्रेजी गायनमा पुरै अंग्रेजी टन र स्वरमा पनि मिठास रहेको बताइन ।
नेपाली समुदायबाट त्यो पनि अध्ययनका लागी आएका उनी अमेरिकन आइडलको अडिसन राउन्डबाट चुनिएर अघि बढनु हामी नेपालीका लागी गर्वको कुरा हो– उनले भनिन– ‘हामी सबै मिलेर उनको हौसलाका लागी सर्पोट गर्ने बेला आएको छ ।’

यो सिजनको अमेरिकन आइडल भोली आईतबार एबीसि टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुदैछ ।

उनले गाएकाे नेपाली गीतकाे लिंक

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected