‘आर्थिक रुपमा टेक्ससका नेपाली सबल छन्’– अध्यक्ष थापा

सुमन थापा, १७ वर्ष अघि पढ्नका लागी विद्यार्थी भएर अमेरिका आएका थिए । बोष्टनबाट उनले फाइनन्समा एमबिए सकाए । पढाई सकेर कामको सिलसिलामा अर्को राज्य टेक्सस आइपुगे । सिपिएका लागी तयारी गदै थिए । तर उनलाई त्यही बीचमा व्यवसाय तर्फको अफर आयो । ग्यास स्टोरको व्यवसायमा हात हाले । साझेदारीमा सुरु भएको उनको व्यवसाय अहिले टेक्ससमा फस्टाएको छ । अहिले उनी ३५ वटा ग्यास स्टोरका मालिक पनि भइसकेका छन् । पढेर व्यवसायमा लाग्न सके सफलता पनि मिल्दो रहेछ भन्ने उदाहरण उनी बनेका छन् । व्यवसायी संगै विभिन्न सामाजिक काममा पनि उनको संलग्नता पछिल्लो क्रममा बढ्दो छ । १९९८ मा स्थापना भएको नेपाली समाज टेक्ससको उनी वर्तमान २०१८–२०१९ को अध्यक्ष हुन । यस अघि उनी समाजमा सह कोषध्यक्ष भएर पनि काम गरिसकेका थिए । अमेरिकाकै ठुलो नेपाली समाजको रुपमा हेरिने नेपाल समाज टेक्ससका अध्यक्ष थापासंग युएसनेपाल पोष्टले गरेको कुराकानीको संम्पादित अंश (प्रधानसम्पादक)
१, समाजको नेतृत्व लिएपछि तपाईको व्यस्तता कस्तो छ ?
नेतृत्वमा आउनु अघि बढी समय व्यवसायमा दिईन्थ्यो । यो भनेर सामाजिक काममा समय नै दिन्थिन भन्ने हैन । पद बाहिर रहेर पनि समाजमा सेवा गर्न सकिन्छ । आफुले सक्दो गदै आएको थिए । फरक यति हो नेतृत्व लिएपछि संस्थाका लागी जिम्मेवारी अझ बढी हुन्छ र बढ्छ पनि । अहिले सतप्रतिशित समय समाजलाई नै दिएको छु भनेर पनि म दाबी गर्दिन । समाजका लागी ८५ प्रतिशत र आफनो व्यवसायका लागी १५ प्रतिशत समय दिएको छु । व्यवसायी चलाउन सहज होस भनेर सम्पर्क कार्यलय स्थापना गरेर स्टाफ राखेर समन्वय गरिरहेको छु । व्यस्तता त अमेरिकामा सबैलाई उस्तै हो । समाजमा पद ओगटन नभएर नेपाली समाजमा केही परिवर्तन गरौ भनेर आएको हु“ ।
२, तपाई अध्यक्ष भएर आएपछि समाजमा के के कामहरु भएका छन् त ?
खास गरी मर्दा र पर्दा नेपाली समाज ज्यान दिएर हिजो पनि लागेको थियो र म अध्यक्ष भएर आएपछि त्यो कामले निरन्तरता पाइरहेको छ । नेपाली समुदायलाई परेका अप्ठयारा र कतिपय बाहिर भन्न नमिल्ने समस्याहरुलाई पनि हामीले हल गर्ने काम गरेका छौ । अर्पाटमेन्टको रेन्ट तिर्न नसकेर निकालिएका देखि होम लेस सम्म भएकाहरुलाई हामीले सहयोग गरेका छौ । सबै भन्दा महत्वपुणर््ा कुरा हामीलाई चाहिने स्वास्थ्य हो । हामीले निशुल्क हेल्थ क्याम्पलाई बढाएका छौ । हाम्रो मेरुदण्ड नै स्वास्थ्य हो । त्यसै गरी नेपाली भाषा पाठशालाई पनि बृहत रुपमा अघि बढाएका छौ । यसका अलवा विभिन्न जनचेतना मुलक कार्यक्रमहरु पनि गदै आएका छौ ।
३, टेक्ससमा नेपाली समुदायको अवस्था कस्तो पाउनु भएको छ ?
मलाई लाग्छ अमेरिकामा बलियो र शसक्त नेपालीहरुको कमिटी भनेको नेपाली समाज टेक्सस हो । अािर्थक हिसाबले पनि टेक्ससमा नेपाली समुदायको अवस्था सबल र सक्षम छ । टेक्ससमा नेपाली व्यवसाय र व्यवसायीको संख्य उल्लेख्य छ । सबै दृष्टिकोणले पनि यहा“ व्यवसाय गर्न सहज छ । व्यवसायमा जमेका नेपाली छन् । त्यसै गरी दुखदायी अवस्थाबाट गुज्रिएका नेपाली पनि भेटिन्छन् यहा“ । समग्रमा भन्दा यहा“ रहेका नेपालीहरुको अवस्था राम्रै छ । ग्यासस्टोर, ग्रोसरी, रेष्टुरादेखि रियल स्टेट व्यवसायीमा जमेका नेपाली प्रशस्त छन् । सामान्यदेखि सरकारी उच्च तहसम्म पुगेका नेपाली टेक्ससमा भेटिन्छन् । संख्यात्मक रुपमा नेपालीहरुको बाहुल्यता बढीरहेकाले पनि यहा“ नेपालीहरु विभिन्न व्यवसाय देखि जागीरमा लागेर सफलता पाएका छन् ।
४, समाजमा राजनितिकरण पनि हाबी भएको भनिन्छ । किन यस्तो भएको होला ?
समाजमा राजनितिकरण थियो, छैन भन्दिन । तर अहिले म आएपछि सकिएको छ । राजनितिलाई कुनै पनि हालतमा समाजमा हाबी हुन दिनु हुदैन । हरेकको आ–आफनो आस्था होला । तर समाजमा यसलाई प्रयोग गर्नु हुदैन जस्तो लाग्छ । राजनितिले समाजले विभाजनको दिशातर्फ लैजान्छ । समाज भनेको हामी सबैको साझा संस्था हो, यसलाई राजनितिकरणबाट टाढा राख्नुपर्छ । समाजमा व्यक्ति पनि हाबी हुनु हुदैन । समाजलाई सबै मिलेर बनाउने हो । समाजमा लागीसकेपछि माइक भाषण हैन काम चाहिएको छ , विभाजन ल्याउने राजनिति हैन ।
५,समाजले गर्ने भावी कार्यक्रमहरु के के छन् ?
टेक्ससमा नेपालीहरुको संख्या दिनानुदिन बढीरहेको छ । अन्य राज्यबाट पनि सहज बसाई सदै यता आउनेहरुको लस्कर देखिन्छ । यो संगै सामाजिक गतिविधि बढनुका साथै संंघ संस्थाहरु स्थापना हुने क्रम पनि बढ्दो छ । अहिले टेक्ससमा नेपालीहरुकै ४० देखि ५० वटा दर्ता भएका र नभएका संघ संस्थाहरु भएको अनुमान छ । यही भएर यहा“ रहेका सबै संस्थाहरुलाई निकट भविष्यमा भेला गरेर सबैसंग सहकार्य गरी साझा एजेन्डा बोकेर अघि बढने योजना छ । नेपाली समाज सबैको हो भन्ने अभियानमा हामी लागेका छौ । यसका लागी बेला बेलामा छलफल र बहस चलाएका छौ । नेपाली समाजलाई सबै अट्ने एउटा छाता संगठन बनाउने कार्यमा हामी लागीरहेका छौ । सबै संघसंस्थालाई संगै– संगै डोराएर नेपाली समाज सिंगो नेपालीहरुको समाज हो भन्ने सन्देश दिन चाहन्छौ ।
६,यति ठुलो नेपाली समाजको आर्थिक पाटो चाही के हो ?
सबै पब्लिक फन्डबाट नै नेपाली समाज चलेको छ । हामीले सबै व्यवसायिक मित्रहरुबाट सहयोग जुटाएर समाजको सामाजिक काममा लगाउने हो । त्यसै गरी नपुग समाजका सदस्यहरुबाट फन्ड उठाउने हो । म आफैले पनि खल्तीबाट हालीरहेको छु । एक अमेरिकी व्यापारिक संस्थाले पनि वार्षिक रुपमा ५ हजार डलर नेपाली समाजलाई सहयोग गदै आएको छ । अन्य त्यस्तै संस्थाहरुसंग फन्डका लागी हामीले कुरा गरिरहेका छौ ।
७, समाजको छुट्टै सामुदायिक भवन बनाउने सोच छैन ?
नेपाली समाज बृहत भइसकेको अवस्थाले पनि सामुदायिक भवनको आवश्यक महसुस भइसकेको छ । सामुदायिक भवन निर्माणका लागी हामीले बृहत्तर योजनालाई अगाडी बढाएका पनि छौ । समाजले गर्ने गतिविधका लागी पनि भवन आवश्यक भइसकेको छ । स्वास्थ्य शिविर सेमिनार, अन्तरक्रिया लगायतका कार्यक्रमहरु गर्नका लागी भाडा लिएर अन्यत्र गर्नु भन्दा आफनै भवन भएको खण्डमा सहज हुनेछ । यसका लागी निकट भविष्यमा नै निर्माण सम्पन्न गर्ने उद्देश्य सहित भवन निर्माणका लागी योजना अघि बढाएको हौ ।
८, टेक्ससमा नेपाली बिद्यार्थीहरुको सख्या उल्लेख्य छ । उनिहरुको अवस्था कस्तो पाउनु भएको छ ?
विद्यार्थी जीवन निकै मुस्किल छ । काम गदै पढन त्यति सजिलो छैन । कागजपत्रको अभावमा भने जस्तो काम पाउन सक्दैनन् । काम गरे पढन् गारो र पढन थाले काम गर्न गाहे ज्यादै कठिन परिस्थितिबाट विद्यार्थीहरुको जीवन गुज्रिएको छ । कलेजको फि महंगो भएर कतिपयले बीचमै पढाई छाडेर काममा लाग्छन् । आर्थिक समस्याले गर्दा पढाई पुरा नगरी बीचमै छाडनेहरु पनि त्यतिकै छन् । विविद्य समस्याले कतिपय डिप्रेसनको शिकार भइ आत्महत्याको बाटो सम्म पुगेका छन् । यी तमाम समस्यालाई निराकरण गर्न जनचेतना मुलक कार्यक्रम संचालन गर्ने तर्फ हामीले सोच्नुपर्छ ।
९, नेपाली समाज टेक्सस कसरी स्थापना भएको हो ?
सुरुमा यहा नेपालीहरुको संख्या न्युन थियो । दशैतिहारमा यसो फाटफुट भेटघाट बाहेक अरु माध्यम केही थिएन । अग्रज दाजुहरुका अनुसार दशैतिहारमा भेटघाट हुने र आपत पर्दा सहयोग गर्ने सिलसिला बढ्यो । यही सिलसिलाले व्यवस्थित रुप बन्यो नेपाली समाज टेक्सस र स्थापना भएको हो । एक अर्कोलाई दुख पर्दा सहयोग गर्ने उद्देश्य सहित स्थापना भएको नेपाली समाज अहिले पनि त्यही बाटोमा हिडीरहेको छ । समाजको मुल उद्देश्य भनेकै दुखमा परेका नेपालीलाई सहयोग र संस्थामा सबैलाई अटाएर सबैको साझा घर बनाउनु नै हो । बिगत देखि सुरु भएको यो सिलसिला अहिले सम्म पनि निरन्तर छ र रहीरहनेछ ।