टेक्सस– नेपाली समाज टेक्ससले युवा व्यवसायी तथा फिल्म निर्माता रमेश एमके पौडेललाई उपाध्यक्षमा मनोनयन गरेको छ ।
समाजको आइतबार बसेको बैठकले पौडेललाई समाजको उपाध्यक्षमा चयन गरेको हो । समाजका अध्यक्ष दिनेश शर्मा लगायत लगायतका समितिले उनलाई सर्वसम्मत रुपमा उपाध्यक्षमा चयन गरेको हो ।
अमेरिकाको टेक्सस बस्दै आएका पौडेल बोधी एचडी कम्पनी मार्फत फिल्म निर्माण देखि मिडिया संचालन गदै आएका छन् । उनले रुद्रपिया, राजा रानी लगायतका सिनेमा निर्माण गरिसकेका छन् । डिजिटल टेलिभिजन तथा रेडियो उधमी समेत रहेका पौडेलले थुुप्रै गीतहरु पनि लेखेका छन् ।
उनले समाजले उपाध्यक्षमा चयन गरेपछि आफनो भुमिका गहन ढंगले निर्वाह गर्ने बताए । आफुले पाएको यो अवसरलाई सदुपयोग गरेर अघि बढनेछु उनले भने– ‘नेपाली समाजका लागी आफुले सकेको योगदान दिनेछु ।’
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...