अमेरिका– गैरआवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको क्षेत्रीय विज्ञ सम्मेलन क्यानडामा हुने भएको छ ।
एनआरएनए अमेरिकाज क्षेत्रकाे  हालै बसेको बैठकले क्षेत्रीय विज्ञ सम्मेलन क्यानडा गर्ने निर्णय गरेको हो ।
बैठकमा एनआरएनए महिला उपाध्यक्ष रविना थापा, सचिव गौरीराज जोशी, अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठी, क्षेत्रिय  महिला संयोजक उमा कार्की, उप संयोजक राम पोखरेल, एनआरएनए क्यानडाका अध्यक्ष चिरन्जिीवी घिमिरे, अमेरिकाका अध्यक्ष सुनिल शाह, क्षेत्रीय युवा संयोजक विमला सापकोटाको उपस्थिति रहेको थियो ।
अघिल्लो वर्ष देखि एनआरएनले विज्ञ सम्मेलनको अवधारण अघि सारेको थियो । हामी क्षेत्रीय विज्ञ सम्मेलनको तयारीमा जुटेका छौ’ अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीले भने– सम्मेलनमा एनआरएनएका विविध विषयमा छलफल हुनेछ ।’
सम्मेलन क्यानडामा गर्ने निर्णय भए पनि कहिले गर्ने भन्ने मिति भने तय भएको छैन । आगामी अक्टोबरमा एनआरएनएको विज्ञ सम्मेलन नेपालमा गर्ने तय भइसकेकोले पनि त्यस अघि नै क्षेत्रीय सम्मेलन सक्ने त्रिपाठीले जानकारी दिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected