अमेरिकन आइडल–२०२० को विजेता दिवेश हुने सामाजिक संजालमा चर्चा

शिव शर्मा
टेक्सस– अमेरिकन आइडल–२०२० मा यतिबेला दिवेश पोखरेलकै चर्चा चुलिएको छ । नेपाली समुदायले मात्र हैन अमेरिकन मुलका धेरै जसोले अबको अमेरिकन आइडल दिवेश भन्दै अमेरिकन आइडलले शेयर गरेको उनको भिडियोमा लाखौले कमेन्ट गरेका छन् । त्यसो त अमेरिकन आइडलले शेयर गरेको भिडियोमा धेरै हेरिनेमा उनी दोस्रो नम्बरमा छन् ।
उनको स्टेजमा पहिलो प्रस्तुती सुनेपछि नै सामाजिक संजालमा उनको स्वरको जबरजस्त फ्यानहरु बढेका छन् । २०२० को अमेरिकन आइडलको बिजेता दिवेश हुनेमा कुनै शंका नभएको उनका शुभचिन्तकहरुले प्रशंशा गरेका छन् ।
जज लुके ब्रायनले पनि उनको भिडियो पोस्ट गदै दिवेशको प्रशंसा गरेका छन् ।
कतिले उनले अमेरिकन आइडलमा विजय हासिल नगरेपनि उनले एउटा ठुलो संगीतकर्मि हुने उदाहरण आफनो गलालले दिइसकेको बताएका छन् ।
शिकागोकी आन मेरि वालकरले प्रतिकृया दिदै भनेकी छिन– ऊ मेरो किताबमा विजेता भइसक्यो । उसको आवाजले मलाई आ“सु झार्न बाध्य बनायो । म उसको फयान भइसके । ऊ धेरै अगाडी बढछ । उ उसको पहिलो एल्बम किन्न आतुर छु ।’
यतिबेला सामाजिक संजालमा उनकै स्वरको तारिफ भएको छ र अबको अमेरिकन आइडल उनी नै हुने दाबी लाखौ फ्यानहरुले गरिसकेका छन् ।उनको आगामी शोहरु पनि हेर्नका लागी उनका लाखौ फ्यान आतुर भएका छन् । उनको स्वरको तारिफ फ्यानहरुले मात्र हैन जजहरुले पनि गरिसकेका छन् ।
उत्कृष्ठ २० मा पुगीसकेका नेपाली गर्व दिवेश पोखरेल अर्थात आर्थर गन हलिउडकै एक अंग बनिसकको छन् । उनको लाखौ अमेरिकन फ्यान बनिसकेका छ्न । उनी छोटो समयमै अमेरिकनहरुको सेलिब्रेटी बनिसकेका छन् ।
पा“च वर्ष अघि मात्रै नेपालबाट अमेरिका आएका दिवेशले छोटो समयमै अवसरको यो भुमिमा छलाङ मारेका छन् ।