अभिनेता स्वः केशव भट्टराई परिवारलाई सहयोग जुटाउदै अमेरिकाका नेपाली कलाकार
अमेरिका– नेपाली सिने अभिनेता स्वर्गीय केशव भट्टराईको निधन पछि परिवारमा परेको आर्थिक पीडालाई कम गर्न अमेरिकामा रहेका कलाकर्मिहरु सहयोगका लागी जुटेका छन् ।
अभिनेता भट्टराईको अल्पायुमै निधन भएपछि श्रीमति र एक छोरामा मानसिक संगै आर्थिक पीडा थपिएपछि कलाकर्मिहरुले सहयोग जुटाएका हुन । अमेरिकामा रहेका झण्डै ६० भन्दा बढी कलाकारले ७, ९८० हजार डलर सहयोग संकलन गरेको अभियानका अभियन्त निर्देशक तथा संचारकर्मि सुरेश दर्पण पोखरेलले जानकारी दिए । उनका अनुसार सहयोग उठने क्रम जारी रहेको छ ।
आफनो मान्छे, छोडी गए पाप लाग्ला , देवर बाबु लगायतका हिट सिनेमा निर्माण गरेका भट्टराईलाई पछिल्लो पटक निर्माण भएका सिनेमाले भने उनलाई साथ दिएन र लगानी डुल्यो । परिवारलाई यसले ऋणमा डुबायो । पछिल्लो समय चलचित्र विकास बोर्डको अध्यक्ष समेत बनेका भट्टराई परिवारलाई लागेको ऋणको भार कम गर्न अमेरिकामा रहेका चलचित्रकर्मि लागी परेका हुन ।
यस अघि अमेरिकामा रहेका कलाकारहरुले स्वः कलाकार दिपक क्षेत्रीलाई उपचारका लागी १० लाख रुपैया सहयोग संकलन गरेको थियो ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...