गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदको स्वास्थ्य कमिटीको आयोजनामा पहिलो नेपाली स्वास्थ्य सम्मेलन अमेरिकाको एटलाण्टामा सम्पन्न भएको छ।

नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादबको प्रमुख आतिथ्यतामा सेप्टेम्बर २०-२१, २०१९ मा भएको सम्मेलनमा संघका पदाधिकारी, एनसीसी अमेरिकाका अध्यक्ष सुनील साह, एनसीसी अमेरिकाका अन्य पदाधिकारी, सदस्यहरु, स्वास्थ्य बिशेसज्ञ लगायतको उपस्थिति रहेको थियो। सम्मेलनले Atlanta Declaration on Global Nepali Health जारी गरेको छ। सो घोषणालाइ नेपालका उपप्रधानमन्त्रीले नेपाल सरकारले कार्यान्वयनमा लैजान पहल गर्ने कुरा समेत बताउनु भएको छ।

यस कार्यक्रममा कार्यक्रम का संयोजक डा सन्जिब सापकोटा , सह संयोजक सत्य चौधरी , डा उत्तम गौली , डा तारा सिग्देल , डा पिताम्बर दाहाल , डा चादनी जैसवाल , र सुर्य लम्साल ले आ आफ्ना धारणा र कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री यादबले सरुवा मात्र होइन नसर्ने रोगहरुबारे पनि छलफल गर्न सुझाव दिनुभएको थियो। त्यसैगरी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्ष सुनील साहले समुदायमा स्वास्थ्यको महत्वबारे बताउनु भएको थियो। करिव एक दर्जन जति कार्यपत्र प्रस्तुत गर्दै सम्मेलन सम्पन्न भएकाे एनआरएनए अमेरिकाका प्रवक्ता आेम भट्टराईले जानकारी दिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected