पोखरा -ब्रेन ट्युमर भइ उपचार गराइरहेका पोखरा २० आटीघरका मोहनसिंह परियारलाई युकेमा बसोबास गर्ने विमला गुरुङले आर्थिक सहयोग गरेकी छिन । आर्थिक अभाव झेल्दै पोखराको मणिपाल हस्पिटलमा उपचाररत अवस्थामा रहेको ५३ वर्षिय परियारलाई पुरानो घर पर्वत ठानामौला पुरानो घर भइ पोखरा नयावजार निवासी हाल युकेमा बसोवास गर्ने विमला गुरुङले नगद १२ हजार प्रदान गरेकी हुन ।
विगत दुई महिनादेखी ट्युमरको उपचार गराइरहेका परियारको पछिल्लो समय अप्रेसन गर्दा सम्म दुई लाख वढी खर्च भएको र परिवारको आर्थिक अवस्था अतिनै नाजुक भएकाले स्थानिय पारस गुरुङ र प्रकाश गुरुङको पहलमा गुरुङले परियारलाई आर्थिक सहयोग गरेकी हुन । आर्थिक सहयोग गर्दै विमला गुरुङले आफुले धेरै रकम दिन नसकेपनि आफुले गरेको सहयोगबाट केही हद सम्म राहत मिल्ने वताउदै आफुहरुले नेपाल आएको वेला आर्थिक अभावमा उपचारमा समस्या झेलिरहेका विरामीहरुलाई सहयोग गर्दै आइरहेको वताइन ।
विगत दुई महिनादेखी पोखराको मणिपालमा उपचाररत परियारको आर्थिक अवस्था निकै कमजोर रहेको र हाल सम्म दुईलाख भन्दा वढी पैसा खर्च भइसकेको परियारकी श्रीमती राजकुमारी परियारले वताइन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected