अमेरिका–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले पत्नी मिलानिया संगै भारतमा भ्रमणमा रहेका छन् । भ्रमणका क्रममा उनले भारतको प्रसिद्ध ताजमहलको समेत अवलोकन गरेका छन । सुन र संगमरमरको भित्तो रहेको ताजमहलमा अगाडी नमस्त ट्रम्प वेलकम इन्डिया लेखिएको थियो । उनले ताजमहलको प्रशंसा गदै अतिथि पुस्तकमा लेखेका छन् ।
दुई दिने भारत भ्रमणको क्रममा रहेका राष्ट्रपति ट्रम्पले अहमदाबाद स्थित मोटेरा स्टेडियमा विशाल जनसभालाई समेत संवोधन गरे । संबोधनका क्रममा उनले पाकिस्तानसंग आफनो सम्बन्ध राम्रो रहेको बताए । उक्त क्रममा पाकिस्तानमा सक्रिय चरमपन्थीहरुलाई खतम गर्न पाकिस्तानसंग मिलेर काम गरिरहेको समेत उल्लेख गरे ।
उनले भारत र अमेरिका मिलेर आतंकबाल विरुद्ध समेत काम गर्ने वचनवदता प्रकट गरे । डोनाल्ड ट्रम्पले साबरमति आश्रममा महात्मा गान्धीको चर्खा समेत चलाएका थिए । उक्त अवसरमा उनलाई गान्धीको तीनवटा बादर उपहार समेत दिइएको थियो ।
ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक भारत भ्रमणमा गएका हुन । अहमदाबाद संबोधनपछि राष्ट्रपति ट्रम्प नया दिल्ली पुगीसकेका छन् ।
तस्वीर एजेन्सी
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...