अमेरिका– गैरआवासिय नेपाली संघ अमेरिकाले आईतबार आर्लिङटनमा नेपाली युवा सम्मेलन आयोजन ग¥यो ।
भेलामा विभिन्न राज्यबाट आएका युवा तथा कलेजमा अध्ययनरत विद्यार्थी सहभागि रहेका थिए । सहभागि अधिकांश युवाले एनआरएनएले आम विद्यार्थीका अप्ठ्यारा र चुनौतीलाई गंभीर ढंगले नलिएको र समस्याहरुलाई समेत वेवास्ता गरेको गुनासाहरु पोखे ।
एनआरएनएको यही प्रवृत्तिले युवाहरुको संस्थाप्रतिको आकर्षण र सहभागिता घट्दै गएको तर्फ संकेत गरिएको थियो ।
लुजियानाबाट आएका अगुवा विद्यार्थी मिलन कटुवालले एनआरएनएलाई सबैको साझा संस्था बनाउने हो भने आम युवा र विद्यार्थीको समस्यालाई संबोधन गदै सबैलाई समेटिनु पर्नेमा जोड दिए । एनआरएनएमा विद्यार्थीलाई भोटिङ सुविधाका लागी कुनै पहल नगरेको गुनासो गरिएको थियो ।

नेपाली विद्यार्थी सबैका लागी एनआरएन हुन नसकेको उनले गुनासो गरे । यी गुनासोहरुको संबोधनका क्रममा आइसिसी र एनसिसीको कुराहरु बाझीएको थियो ।

यस्तै नेपाली राजदुताबास वासिङटन टिसीको नेपालको सरकारी कार्यालयको जस्तो कर्माचारी तन्त्रको रवैया प्रति विद्यार्थीले गुनासो गरे । टेलिफोन गर्दा नउठने र गुनासाहरु नसुन्ने झर्किने कर्मचारीले राजदुताबास प्रति पनि विद्यार्थीको आक्रोस सुनिन्थ्यिो ।
विद्यार्थीको गुनासोलाई संबोधन गर्ने क्रममा अमेरिकाका लागी नेपाली राजदुत डा अर्जुनकुमार कार्कीले एउटा टेलिफोन र क्षमता भन्दा बढी कल आउने कारणलाई अगाडी सारे ।
‘अमेरिकामा ६–७ लाख नेपाली छन्– राजदुत कार्कीले भने–‘हामीसंग एउटा टेलिफोन छ’ एक पटकमा क्षमता भन्दा बढी फोन आएपछि समस्या भएको हो ।’
उनले फोन कल नउठे पनि सोसल मिडिया र टेक्स्ट म्यासेज गरेर समस्या राख्न र त्यसलाई संबोधन गर्न दुताबास सदैव तयार रहेको बताए ।

कार्यक्रममा एनआरएनएका सचिव गौरीराज जोशीले आफु विद्यार्थीकै रुपमा अमेरिका प्रवेश गरेको स्मरण गदै सुरुवाती दिनको संघर्ष सुनाएका थिए । ग्यास स्टोरको काम कुलर सफा गर्ने देखि सुरु भएको संघर्षले अहिले सफलता पाएको बताउदै उनले विद्यार्थीको समस्या आफुले राम्रो संग बुझेको बताए ।
उनले युवा र विद्यार्थीका लागी केही राहत होस भनेर समय समयमा विश्वविद्यालयमा छात्रवृति दिने देखि अन्य व्यक्तिगत सहयोग समेत आफुले गदै आएको बताए ।
कार्यक्रममा एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले आजका विद्यार्थी भोलीक भविष्य भएकाले सबै गुनासोहरुलाई संबोधन गदै एनआरएनएमा पहुच बढाउदै समस्याहरु समाधान तर्फ अग्रसर हुने वचनवद्धता व्यक्त गरे ।
त्यस्तै एनआएरनए अमेरिकाका पुर्व अध्यक्ष डा केशव पौडेलले अमेरिकामा अध्ययनरत सबै विद्यार्थी एनआरएनकै परिवारकै सदस्य भएको प्रष्टाए । उनले नेपाल छाडेर आएपछि सबै एनआरएनए हुने प्रष्टाए ।

विभिन्न सत्रमा विभाजित कार्यक्रम अन्तर्गको अर्को सत्रमा युथ, कल्चर एक्सचेन्ज, इन्टनसिप, हेल्थ लगायतका विषयमा विनोद रुवाली लगायतले बहस र अन्तरक्रिया गरेका थिए । त्यस्तै प्राध्यापक तारा सिग्देल, एनआरएनए अमेरिकाका महासचिव पशुपचि पाण्डे तथा डा सिजर कोइरालाले पनि सहभागी विद्यार्थी तथा युवा संग अन्तक्रिया गरेका थिए ।
अमेरिकामा पहिलो पटक गरिएको भनिएको यो युवा भेलामा सहभागीहरुको संख्या अति न्युन रहेको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected