गैरआवासिय नेपाली संघ एनआरएनएको अमेरिकाज क्षेत्र अन्तर्गत क्षेत्रिय उपसंयोजकमा टेक्ससमा व्यवसायी राम सि पोखरेलले उम्मेदवारी दिएका छन् ।
आइतबार स्पाइसी ग्रिल एन्ड बारमा पत्रकार सम्मेलन गदै पोखरेलले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन ।
लामो समय देखि एनआरएनएमा आवद्ध रहेर एनआरएनएको अभियानलाई अगाडी बढाइरहेको सन्दर्भमा अमेरिकाज क्षेत्रको उपसंयोजक पदबाट अगाडी बढेको छु’ उमेदवारी घोषणा गदै उनले भने–‘
उम्मेदवारी दाबी गरिरहदा भविष्यमा पदलाई कामद्धारा पुष्टि गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।’
उनल्े राष्ट्रिय समन्वय परिषद र आइसिसि बीचमा बिधानले तोेकेको कार्यक्षेत्रमा रही समन्वयकारी भुमिका खेल्ने तर्फ आफनो जोड रहने बताए । उनले अमेरिकाज क्षेत्र भित्र कम्तिमा दुई वटा राष्ट्रमा नया एनआरएनए एनसिसी खोल्ने पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । अमेरिका र क्यानडाको एनआरएनए एनसिसिमा एनआरएनहरुलाई संगठीत गदै राष्ट्रिय समन्वय परिषदसंग मिलेर काम गर्ने तथा भिजन २०२०को अवधारणा अनुरुप अमेरिकाज क्षेत्रमा काम गर्ने उनले जनाए ।
१९९८ देखि नेपाली समाज टेक्ससको साधारण सदस्य हुदै सामाजिक काममा सक्रिय हुन थालेका पोखरेल २००७ देखि २००९ सम्म नेपाली समाज टेक्ससको अध्यक्ष भएर काम गरे । २००२ मा उनको पहलमा ड्यालस एभरेष्ट लाइन्स क्लब खुल्यो । २००८ मा उनी त्यसको अध्यक्ष पनि भए ।
एनआरएनएको सदस्यता उनले २००८ मा लिए । २०१५ देखि २०१७ सम्म पनि एनआरएनए अमेरिकाको उपाध्यक्ष भएर काम गरे । उनी नेपाली मन्दिर बोर्ड अफ ट्रस्टीमा पनि छन् । पाइलट पढ्न अमेरिका आएर राम सि पोखरेल अहिले टेक्ससमा अब्बल व्यवसायी संगै सामाजिक अभियन्तको रुपमा समेत सक्रिय छन् । उनको स्वामित्वमा १० वटा स्टोर छन् । त्यस्तै रेष्टुरा तथ रियलस्टेटमा पनि उनको लगानी रहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected