न्युयोर्कमा मे २ र ३ मा अमेरिका र क्यानडाका पत्रकारहरु जमघट हुदै

अमेरिका–अमेरिका र क्यानडामा क्रियाशिल पत्रकारहरु एक साथ न्युयोर्कमा जमघट हुने भएका छन् ।
अमेरिका तथा क्यानडाका पत्रकारहरुको साझा संस्था नेपाल अमेरिका पत्रकार संघको आगामी मे २ र ३ गते हुने महाधिवेशनमा पत्रकारहरुको जमघट हुने भएको हो ।
भेलालाई कसरी सम्पन्न गर्ने विषयमा गत आइतबार न्युयोर्कमा समुदायका अगुवाहरुसंग नेजाले बृहत छलफल कार्यक्रमको आयोजना गरेको थियो ।
नेपाल अमेरिका पत्रकार संघ नेजाका कार्यबहाक अध्यक्ष विकासराज न्यौपानको अनुसार महाविशेनको तयारी तिब्र रुपमा अघि बढेको छ ।
उनले महाविशेनलाई सफल पार्न विभिन्न समिति तथा उपसमिति बनाएर अगाडी बढीएको जानकारी दिए ।
महाििधवेशनमा अमेरिका तथा क्यानडामा रहेका १ सय ५० भन्दा बढी पत्रकारहरुको सहभागिता रहने बताइएको छ ।
प्रत्येक दुई वर्षमा आयोजना हुदै आएको महाधिवेशन यसपटक न्युयोर्कमा आयोजना हुन लागेको हो ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...