अमेरिका– चीनबाट फैलिएको कोरोनाभाइरस सक्रमण यतिबेला विश्वभर फैलिदै गइरहेको छ ।
यो भाइरस चीनबाट अन्यत्र देशमा फैलिदै मुत्यु हुनेहरुको संख्या पनि बढीरहेको छ । अमेरिकाको एक संघीय स्वास्थ्य अधिकारीले सबैतिर फैलिदै गएको यो कोरोनाभाइरसको सक्रमण अमेरिकामा पनि फैलिन सक्ने चेतावनी दिएका छन् ।
समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार अमेरिकाको नेशनल सेन्टर फर इम्युनाइजेशन एड रेस्पिरेटरी डिजिजका निर्देशक डा नेन्सी मेसोनियरले यो महामारी कहिले फैलिन्छ भनेर भन्न नसकिने अवस्था रहेको बताएका छन् । उनले यो महामरीबाट बच्न सभा सेमिनार रद्ध गर्नुका साथै सर्वसाधारणलाई घरब्ँँट कामका लागी प्रेरित गर्नु पर्ने बताए । यस्तो सक्रमण जुनसुकै बेला पनि फैलने भएकाले सचेत रहन आग्रह गरिएको छ ।
विश्व स्वास्थ्य संघले पनि समेत चीन भन्दा बाहिर पनि यो महामारी तिब्र रुपमा फैलिदै गएको जनाएको छ । संघका अनुसार संसार भर कोरोनाभाइरस सक्रमण ८० हजार पुगीसकेको जनाएको छ । यो भाइरस चीनपछि दक्षिण कोरिया, जापान,इरान, बहराइन, इटली लगायतका देशमा फैलिसकेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected