अमेरिका– ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिवसिय भारत भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् ।
अमेरिका फर्किए लगत्तै ट्रम्पले ट्वीट गदै लेखे – भारत महान देश रहेछ, यात्रा पनि सफल रहयो ।’ उनले भारतीय सम्मान उच्च रहेको समेत बताएका छन् । ट्रम्पले फे्रबुअरी २४ र २५ दुई दिन पत्नी मेलानिया र छोरी इवांका ट्रम्प सहित भारत भ्रमणमा पुगेका थिए । परिवारका अलवा उच्च स्तरीय प्रतिनिधि मण्डल पनि भ्रमणमा सामेल थिए ।
ट्रम्पले भारत भ्रमणको ३६ घण्टामा अहमदाबादको मोटेरा स्टेडियममा नमस्ते ट्रम्प कार्यक्रमलाई खचाखच दर्शक माझ संबोधन गरेका थिए ।
यसका साथै उनले आगरा पुगेर चाजमहलको पनि अवलोकन गरे । ट्रम्पको अमेरिका भ्रमणका क्रममा ३० अर्बको आर्थिक ऋण सम्झौता समेत भएको थियो । यसबाट भारतले ३० वटा सैनिक हेलिकप्टर खरिद गर्नेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected