अमेरिका– अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयमा कार्यरत एक नेपाली वैज्ञानिकले मस्तिष्क असन्तुलन सम्बन्धी एउटा नया रोगको विधी पत्ता लगाएका छन् ।

आइभ लिग पेन्सल्भेनिया विश्पविद्यालयको रेडियोलोजी विभागका नेपाली वैज्ञानिक डा गणेश चन्द र उनका सहकर्मि अनुसन्धानकर्ताले विरामीहरुको मस्तिष्कमा पहिलो पटक दोस्रो प्रकारको स्किजोफ्रेनिया’ पत्ता लगाएका हुन । यस अघि मस्तिष्क प्रकार १ नामक रोग रहेकोमा उनले मस्तिष्कको प्रकार–२ स्किजोफ्रेनिया नामक रोग पत्ता लगाएका हुन ।
मानव मस्तिष्क सम्बन्धीत विश्व प्रसिद्ध ब्रेन जर्नलमा प्रकाशित नया आविष्कारमा अनुसन्धानकर्ताले एमआरआइ र मेसिन लर्निङ विधी प्रयोग गरी पत्ता लगाएका हुन ।


यो अध्ययनमा २८ अनुसन्धानकर्ता सहभागी रहेकोमा नेपाली वैज्ञानिक डा गणेश चन्द प्रमुख अनुसन्धानकर्ताको रुपमा रहेका थिए ।
यसमा अमेरिका संगै जर्मन, चीन नेदरल्यान्ड, ब्राजील, स्पेन, स्टाली र अष्टेलियाका १५ विश्पविद्यालयका अनुसन्धानकर्ता रहेका थिए ।
मस्तिष्कको प्रकार १ र प्रकार २ गरी खण्डहरु विभाजन गरि अनुसन्धान गरिएको थियो ।
अध्ययनले स्किजोफ्रेनिया बिरामीहरुमा दुई अलग प्रकारको मस्तिषक परिवर्तनहरु भेटिएको डा चन्दले बर्ताएका छन् ।
प्रकार १ बिरामीहरुमा बेसल ग्याग्लिया र आन्तिरिक क्याप्सुल मस्तिषक खण्डहरु बढेको थियो तर उनिहरुको बाकी मस्तिष्क सरचनाहरु स्वस्थ्य मानसिको जस्तै थियो ।
प्रकार २ मा उमेर लिंग, विमारी, अवधि एन्टिसाइकोटिक ओषधी डोज वा प्रकार बिरामी सुरु भएको उमेर तथा सकारामत्मक र नकारामत्मक लक्षणहरु फरक थिएनन । यस अध्ययनमा ३ सय ६४ स्वस्थ मानिसहरु र ३ सय ७ स्किजोफ्रेनिया बिरामीहरुमा गरिएको थियो । प्रकारमा १ मा ६३ प्रतिशत स्किजोफ्रेनिया जस्तो थियो भने प्रकार २ मा ३७ प्रतिशत स्किजोफ्रेनिया बिरामीहरुको मस्तिष्क परिवर्तन हाम्रो लागी ठुलो आश्चार्यको विषय थियो’ डा चन्दले भने– ‘यो हाम्रो लागी नया खोज थियो ।’

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected